Thursday, October 1, 2020

रुसले साच्चै बनाएकै हो त कोरोनारोग विरुद्धको पहिलो भ्याक्सिन ?

Author

Date

Category

रुसले साच्चै बनाएकै हो त कोरोनारोग विरुद्धको पहिलो भ्याक्सिन ? हामी देश र विदेशमा आएका ठूला समाचारको सत्यता चेक गर्ने गर्छौ । अनुशन्धानको गहिराईसम्म पुगेर त्यसको सत्यता परीक्षण गर्नु र सही सूचना दिनु हाम्रो कर्तव्य हो । यसैले विश्व महामारीका रुपमा देखिएको सात महिनापछि कोरोनाभाइरसविरुद्ध आफ्ना वैज्ञानिकहरुले बनाएको पहिलो भ्याक्सिन प्रयोगका लागि तयार भएको रुसले दाबी माथी हामी सत्यता जाँच गर्दैछौ ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवका अनुसार क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा गरेको यो नै विश्वको पहिलो भ्याक्सिन हो। ‘मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले यो भ्याक्सिनको मानिसमा सफलतापूर्वक ट्रायल गरेको हो’, वादिम भन्छन्, ‘जसमा भ्याक्सिन मानिसका लागि सुरक्षित रहेको प्रमाणित भएको छ।

अझै जो संक्रमितहरुमा यो भ्याक्सिन परीक्षण गरिएको थियो, तीमध्ये एउटा समूह निको भएर यही जुलाई १५ र अर्को समूहलाई जुलाई २० मा अस्पतालबाट डिस्चार्ज हुँदैछन्।’ सेचेनोफ युनिभर्सिटीले गत जुन १८ देखि रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो।

युनिभर्सिटीका वरिष्ठ अधिकारी एजेक्जन्डर लुकाशेवका अनुसार क्लिनिकल ट्रायलका क्रममा यो भ्याक्सिन मानिसका लागि सुरक्षित रहेको प्रमाणित भएको छ। ‘अब यो भ्याक्सिन प्रयोगमा ल्याउन सकिन्छ’, उनले भने, ‘यसको व्यापक उत्पादनका लागि तयारी र रणनीति तय गरिनेछ।’ अहिलेसम्म यो भाइरसबाट विश्वभर १ करोड २८ लाख बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ५५ हजार बढीको ज्यान गएको छ भने ७० लाख बढी निको भएर घर फर्किसकेका छन्। – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...