Saturday, November 28, 2020

मनले सोचेको पूरा हुने जय बाबा माहारुद्र लाई  एक सेयर गरि दर्शन गराैँ 

Author

Date

Category

मनले सोचेको पूरा हुने जय बाबा माहारुद्र लाई  एक सेयर गरि दर्शन गराैँ  , बैतडीको सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित नेपालकै गहिरो प्राचिन गुफा हो पाताल भुमेश्वर । उत्तरपट्टि लहरै मिलेको अपि सैपाल हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिने पत्ताल भूमेश्वरमा लालीगुराँसको घना जंगल रहेकाे छ ।

जहाँ फागुन( चैतमा राताम्मे लागीगुराँस देख्न पाईन्छ । पत्ताल भूमेश्वरको मुख्य आकर्षण भनेको सदाबहार जंगलको बीचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो । बैतडीकै उच्च स्थानमा अवस्थित पत्ताल भूमेश्वर एक तीर्थस्थल पनि हो । यस ठाउँमा रहेको तलाउको पानी एकपटक शिरमा चढाउनै पर्ने र यसो गरेमा पवित्र भइन्छ भन्ने जनविश्वास रहि, आएको छ ।

बैतडी सदरमुकामबाट १८ किमी पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पत्ताल भूमेश्वर पुगिन्छ । यो ४ सय हेक्टर वन क्षेत्रफलमा फैलिएको छ ।

पत्ताल भूमेश्वरको महिमा ( करिब ३०० वर्ष पहिलादेखि पत्ताल भूमेश्वरमा देवीदेवताको महिमा शुरु भएको स्थानीय बूढापाका बताउँछन् । हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव शिव भगवान् आफ्नी अर्धा्ङ्गिनी पार्वतीसँगको बिछोडका बेला संसारका विभिन्न ठाउँ घुम्दै पत्ताल भूमेश्वरमा पनि पाइला टेकेका भन्ने जनविश्वास रहेको छ ।

“महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किंवदन्ति छ ।” पत्ताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । पत्ताल भूमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ । धुम्दै आएका शिव थाकेपछि पत्ताल भूमेश्वरमा विश्राम लिँदा त्रिशूल गाडेको र त्यो ठाउँ गुफा भएको भनिन्छ ।

परापूर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफैँ दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेटिएको अर्को भनाइ पनि यहाँ प्रचलित छ । सोही स्थानमा पछि महादेवको मन्दिर बनाइएको हो ।

मन्दिर र तलाउको चारैतर्फ चारवटा गुफा भएको यस ठाउँमा शिव भगवान्ले लामो समय विश्राम लिएको विश्वास रहेकाले यो भूमि पवित्र मानिन्छ र यहाँ दर्शन गर्न आउने भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

यस पत्ताल भूमेश्वरमा महादेव भगवान्को मन्दिर रहेको छ । मन्दिरको छेउमा तलाउ पनि छ । यस क्षेत्रको मुख्य हेर्न लायक ठाउँ पत्ताल भूमेश्वर गुफा हो । पत्ताल भूमेश्वरको चारैतिर डाँडाकाँडा र मनमोहक दृश्य हेर्न पाइन्छ । हरेक पर्वमा पूजाआजा गरिने पत्ताल भूमेश्वर मन्दिरमा महाशिवरात्रि र रामनवमीमा ठूलो मेला लाग्ने गर्छ । विवाह बन्धनमा बाँधिनेहरु पनि यहाँ आउँछन् ।

नेपालकै गहिरो गुफा ( प्राचीनकालदेखि रहिआएको यहाँको गुफाको अन्तिम बिन्दुमा दूधको धारा रहेको जनविश्वास रहेको छ । बैतडीस्थित पत्ताल भूमेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताको दाबी रहेको छ । केही वर्ष अगाडि इन्टरनेशनल सेन्टर फर दि एक्सप्लोरेशन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले ८०० मिटरसम्मको अध्ययन गर्दा पत्ताल भूमेश्वर गुफाको गहिराइ १६० मिटर रहेको ठम्याएको थियो ।

आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीमा अभावमा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियोे । यसअघि तनहुँको बन्दिपुरस्थित ६५ मिटर गहिराईको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाका रुपमा मानिँदै आइएको थियो ।

दुसेनको अध्ययन टोलीले पत्ताल भूमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्री स्वरुप झल्कने ॅटोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो । संसारका एक हजार ३०० गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा पत्ताल भूमेश्वरको अध्ययन शुरु गरेका हुन् ।

पत्ताल भूमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ । गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेदैँ आएकाे छ ।

गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनमोहक हिमालको दृश्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायी बताउँछन् । गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिँड्नुपर्छ ।

त्यसपछि फराकिलो ठाउँमा चौराहा ९चारवटा बाटो० आउँछ जसमध्ये पूर्वतर्फको फराकिलो बाटो हिँडेर पानीको धारा हेर्न सकिन्छ । साथै राष्ट्रिय महत्व बोकेको यस क्षेत्रलाई प्रचार प्रसार र प्रर्वद्धन गर्न नसकिदाँ ओझेलमा परेको छ ।

काेराेना भाईरस ( काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...