Sunday, October 25, 2020

आज देखि भयानक बर्षा हुने , साबधानी अपनाई सतर्क रहन सरकार को आग्रह  

Author

Date

Category

आज देखि भयानक बर्षा हुने , साबधानी अपनाई सतर्क रहन सरकार को आग्रह

काठमाडौँ, २५ असार । आजदेखि चार दिनसम्म यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरिएकाे छ । यसैले नदीतटीय क्षेत्र र अन्य क्षेत्रका बासिन्दा सबैले सावधानी अपनाउन भनिएकाे छ । सम्भावित विपद्लाइ ध्यानमा राखी आवश्यक पूर्वतयारी समेत थालिएको छ ।

मुख्यतः ४ वटा प्रदेशमा असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ  । प्रदेश १,२, बागमती र गण्डकी प्रदेशमा आइतबारसम्म नै चार दिन धेरै पानी पर्ने भएकाले सचेत रहन गृहमन्त्रालय अन्तरगतकाे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेको कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भएकाले सावधानी अपनाउन भनेकाे छ ।

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ। प्राधिकरणले पहाडी क्षेत्रका साना खोलानाला खहरे र नदी नालामा बाढी आउने हुँदा सचेत रहन आग्रह गरेको हाे ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा,सर्लाही, बारा पर्सा,रौतहट र चितवन लगायत होचो ठाउँलाई डुबाउने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दछौँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...