Sunday, November 1, 2020

सार्वजनिक यातायात सञ्चालनसम्बन्धी सरकारको यस्ता निर्णय र यस्तो तयारी गर्दै

Author

Date

Category

सार्वजनिक यातायात सञ्चालनसम्बन्धी सरकारको यस्ता निर्णय र यस्तो तयारी गर्दै, लकडाउनका कारण बन्द सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन जारी गर्नुभएको छ । जानकारी अनुसार दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी निर्णय भएको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको हो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई दिनु भएको छ ।

यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने जनाइएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन पनि दिनु भएको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको विज्ञप्तिमा भनिएको छ। महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रूपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ। सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन्। सबैको जानकारीको लागी सेयर गर्नुहोस !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...