Sunday, October 25, 2020

शिव भगवानाकाे दर्शन गरि एक शेयर गर्दै, वि.सं. २०७७ साल असार २२ गते साेमबारकाे राशिफल पढ्नुहोस् ।

Author

Date

Category

शिव भगवानाकाे दर्शन गरि एक शेयर गर्दै, वि.सं. २०७७ साल असार २२ गते साेमबारकाे राशिफल पढ्नुहोस् ।

आजको पन्चाङ्ग

वि.सं.२०७७ साल असार २२ गते ,सोमबार , ईश्वी सन् २०२० जुलाई ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– प्रतिपदा,१० घडी १० पला,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तरषाढा,४६ घडी ४९ पला,बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग– वैधृति,४४ घडी २३ पला,बेलुकी ११ बजेर ०० मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु ,बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २६ पला ।

हेर्नुहाेस् आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अस्थिरता बढ्नेछ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक जीवन शुरु हुनसक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला । व्यापार घट्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा, गि) समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । पठन पाठनमा भने प्रगति हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिनेछ उपयोगिताको सिद्धान्त नछोड्नु होला । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

(राशिफलमा जे – जस्तो भए पनि सबैको दिन सुखमय रहोस् । ईश्वर दाहिना रहुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ॐ शान्ति ! ! )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...