Friday, October 23, 2020

डब्लुडब्लुई रेसलर अन्डरटेकर द्वारा सन्यासको घोषणा, अब रिङमा केही लिन बाकि नरहेको बताए

Author

Date

Category

डब्लुडब्लुई रेसलर अन्डरटेकर द्वारा सन्यासको घोषणा, अब रिङमा केही लिन बाकि नरहेको बताए , विश्व रेसलिङ ईन्टरटेन्मेन्टका माहान खेलाडी अन्डर टेकरले आईतबार आफ्ना फ्यानहरुलाई धन्यबाद दिदै डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका छन् । उनले अब रिङमा केही लिन बाकि नरहेको भन्दै सन्यास लिने घोषणा गरेको बताएका ।

सन् १९९० देखी रिङमा आएर आफ्ना सर्मथक हरुलाई मनोञ्जन दिदै आएका अन्डर टेकरले उनको जिवनमा आधारित हालै रिलिज भएको डकुमेन्ट्रि सिरीज द लास्ट राईडमा सन्यासको घोषणा गरेका हुन् । अन्डर टेकरले आफ्नो करियरको हरेक च्याम्पियनसिप तथा हरेक ईभेन्टहरु जितेका छन्। साथै रेसलमेनिया लगातार जित्ने उनको निरन्तरता हालै आएर रोमन रेन्स संग पराजित भएपछि रोकिएको छ ।

यद्यपि अण्डरटेकरले उनी आफ्नो करियरको त्यो बिन्दुमा छन् जहाँ उनी भित्रको योद्धा आराम गर्नुपर्ने र रिङमा अब केहि पनि प्राप्त गर्न बाँकी नरहेको बताए । उनले भने, खेल परिवर्तन भएको छ। नयाँ व्यक्तिलाई मौका दिने समय आएको छ। मैले सोचे यो सही समय हो। यो डकुमेन्ट्रिले मेरो आँखा खोल्यो र मलाई ठूलो तस्वीर हेर्न मद्दत गर्यो। यस कारणले गर्दा, म प्रति मेरो दृष्टिकोण पछिल्ला केही बर्षहरूमा परिवर्तन भएको छ।

मलाई लाग्छ कि रिङ भित्र भन्दा बाहिरबाट अब म अझ राम्रो गर्न सक्छु। अन्तयमा मैले आफूलाई स्वीकार्नुपर्ने ठाउँमा छु ।अन्डरटेकरका अनुसार उनी आफ्नो करियरमा राम्रो प्रदर्शन गरी सकेका छन् । उनी फेरि कहिले पनि रिङमा प्रवेश गर्छन भन्दा आपतकालमा वा भिन्से म्याकमोहनको आग्रहमा हुन सक्छ ।

रेसलमेनिया ३३ मा रोमन रेन्ससँगको खेल पछि, अण्डरटेकरले आफ्नो कोट, टोपी र ग्लोभ्स रिङमै छोडेपछि प्रशंसकहरूले उनी फेरि कहिल्यै रिङमा नदेखिने अडकल गरेका थिए । अन्डरटेकरले आफ्नो डकुमेन्ट्रि द लास्ट राइडमा आफ्नो करियर उनको लागि कत्ति गाह्रो भएको बताएका छन् ।

साउदी अरेबियामा राष्ट्रव्यापी लगाईएकाे कर्फ्यु हटाउँदै , साउदी अरेबियाले आइतबारदेखि मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ । यद्यपि अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् ।

यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । साउदी अरेबियाले अहिलेसम्म जुलाईमा शुरु हुने हजयात्राको विषयमा भने कुनै घोषणा गरेको छैन । यद्यपि मलेसिया र इण्डोनेशियाजस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...