Thursday, October 29, 2020

विदेशमा अलपत्र परेका सबै नेपालीलाई उद्धार गरि उडान गरी धमाधम स्वदेश ल्याउँदै

Author

Date

Category

विदेशमा अलपत्र परेका सबै नेपालीलाई उद्धार गरि उडान गरी धमाधम स्वदेश ल्याउँदै

काठमाडौँ,असार- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् ।नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ ।

यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९ः०० बजे प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार नेपाल एयरलाइन्सले रियादबाट २४६ र दोहाबाट १४६ र तीन बालकको उद्धार उडानमार्फत स्वदेश ल्याउनेछ । निगमले शनिबार तीन अन्तर्राष्ट्रिय उडान गरेको थियो । निगमले विभिन्न मुलुकमा रहेका नेपाली ल्याउन जुन १५ देखि ३० सम्म उद्धार उडानको तालिका सार्वजानिक गरिसकेको छ ।

त्यस्तै हिमालय एयरलाइन्सको पूर्वनिर्धारित तालिकाअनुसार मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावादबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । एयरलाइन्सले अबुधावीबाट आज १५३ नेपाली ल्याउने उहाँले बताउनुभयो ।हिमालयले आगामी चार दिनसम्म निरन्तर नौ गन्तव्य मुलुकमा चार्टर्ड उडान उडान गरी नेपाली फर्काउने कार्यतालिका बनाएको छ । कम्पनीले सोमबार पाकिस्तान, माल्दिभ्स र दोहाबाट तीनवटा उडान गर्नेछ ।

अगामी मङ्गलबार अबुधावी, दमाम र कुवेतबाट उडान गर्नेछ भने बुधबार आबुधावी र दोहाबाट काठामाडौँ चार्टर्ड उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । शनिबार एकै दिन १६ उडान भएका थिए । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान जारी रहेको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...