Thursday, October 29, 2020

हरेक रोगबाट बच्न, तन्दरुस्त हुन के गर्ने ? खाने ? के नखाने ? जान्नुहोस अनि पढिसकेपछी सेयर पनि गर्नुहोस

Author

Date

Category

हरेक रोगबाट बच्न ,तन्दरुस्त हुन के गर्ने ? खाने ? के नखाने ? जान्नुहोस अनि पढिसकेपछी सेयर पनि गर्नुहोस, तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ ।

तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन उपयोगी मानिन्छ। दहीमा भएको प्रोबायोटिक तत्वले खाना पचाउनमा मद्दत गर्छ । यसैगरी दहीमा प्रोटिन तथा क्याल्सियमसहित भिटामिन बी ६ तथा बी १२ हुन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा पोटासियम पनि पाइन्छ, जसले पाचनतन्त्रमा फाइदा गर्छ । सागसब्जी, दाल आदिमा लसुनको प्रयोग अनिवार्य मानिन्छ । लसुनमा एन्टी-व्याक्टेरियल तथा एन्टी-अक्सिडेन्ट तत्व पाइन्छ । औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले रोगसित लड्ने क्षमताको विकास गर्नुका साथै रोगसँग लड्न सहयोग पुर्‍याउँछ।

लसुनभन्दा कम उपयोगी छैन, बेसार पनि । सागसब्जीमा बेसार त नभई हुन्न । बेसारले सागसब्जीको रंग आकर्षक बनाउने मात्र होइन, स्वास्थ्यलाई समेत फाइदा गर्छ । बेसारको सेवनले विभिन्न किसिमको रोगको संक्रमण हुनबाट शरीरलाई सुरक्षा प्रदान गर्दछ । साथै, यसले विभिन्न रोग निको पार्ने हुँदा आयुर्वेदमा यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई औषधिको रुपमा दूध तथा पानीमा मिसाएर खाएमा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।?भिटामिन ‘सी’को राम्रो स्रोत हो, कागती । कागतीका साथै सुन्तला, अंगुर पनि भिटामिन ‘सी’ तथा एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो। भिटामिन ‘सी’ ले सेतो रक्तकोषिका उत्पादन गर्न सहयोग गर्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ।नेपालीहरूमाझ चिया लोकप्रिय छ। चियामा पनि कालो चिया तथा ग्रीन टी धेरैको रोजाइमा पर्ने गर्छ । ग्रीन टी तथा कालो चियामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व रहेको हुन्छ, जसको सेवनले रोगसँग लड्ने क्षमताको विकास गर्छ।

तरकारीको सूचीमा ब्रोकउलीलाई निकै स्वास्थ्यकर मानिन्छ । जसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पोषणतत्वको प्रवाह गर्छ। यसमा फाइबर तथा एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन ए, सी, तथा डी पाइन्छ । त्यसैले खानामा काँचो वा हल्का पाकेको ब्रोकाउलीलाई समावेश गरेर पनि रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।हरिया सागसब्जीहरूमा पनि पालुङ्गोलाई विशेष प्राथमिकता दिइन्छ । पालुङ्गोमा क्यारोटिन, एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन सी पाइन्छ । पालुङ्गोले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पर्ने भिटामिन तथा पोषण तत्वको पूर्ति गर्छ ।

कस्ता खानेकुरा खाने?<
सरकारले अहिले लकडाउन गरेको अवस्था छ । घरबाहिर पनि निस्कन पाइँदैन । केहीले खाद्यान्नको जोहो गर्न पनि भ्याए होलान् । केहीसँग घरमै भएको खानेकुरा होला । बजारका खानेकुराभन्दा घरमै बनाएका खानेकुरामा अझ बढी पौष्टिक तत्व पाइन्छ । त्यसैले घरमै रहेका खानेकुरालाई राम्ररी बनाएर खायौँ भने स्वस्थ्य भइन्छ । खानेकुराले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहारविहार गर्नुपर्छ । प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट , चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा पुर्‍याएर सन्तुलिन भोजन गर्नुपर्छ । शरीरमा क्यालोरी भएन भने शरीर कमजोर बन्दै जान्छ ।

भिटामिन सी
अहिले बजारमा धेरैले भिटामिन सीका औषधिहरु खोजिरहेका छन् तर प्राकृतिक खानेकुरामा पाइने भिटामिन सी अझ फाइदाजनक र लाभदायक हुन्छ । यसका लागि अमला खाने, कागती पानी खाने, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु खानेकुरा खानुपर्छ ।

भिटामिन डी
रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी पाइने खानेकुराहरु खानुपर्छ । भिटामिन डी हामीले घाममा पाउन सक्छौँ । हल्का घाममा एकछिन बस्दा पनि फाइदा हुन्छ ।

भिटामिन ई
भिटामिन ईलाई छालाको लागि राम्रो भिटामिनको रुपमा मानिन्छ । गाढा रंगको हरियो सागपात सबै यसमा आउँछन् । सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा भिटामिन ई पाइन्छ ।

भिटामिन बी ६
यसले रक्क्तकोषिकाको उत्पादन गर्छ । रगतसम्बन्धी रोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिले दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु खानु राम्रो हुन्छ । रक्तकोषले काम गरेन भने कुनै पनि पौष्टिक तत्वले काम गर्दैन । त्यसैले यो एकदम आवश्यकता हुन्छ ।

भिटामिन बी १२
भिटामिन बी १२ विशेषगरी मांशाहारी भोजनमा पाइन्छ । माछा, मासु, अण्डा, दूध र दूधजन्य पदार्थमा यो भिटामिन पाइन्छ । यसले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन बी १२ को कमीले रक्तअल्पता हुने सम्भावना रहन्छ ।

मिनिरल अर्थात खनिज पदार्थ
शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि खनिज पदार्थ भएका खानेकुरा पनि नियमित रुपमा खानुपर्छ । आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाममा धेरै मात्रामा खनिज पदार्थ पाइन्छ ।

प्रोटिन
बदाम, काजु, चना, टुसा उमारिएको गेडागुडीमा प्रशस्त प्रोटिन पाइन्छ । दाल, अन्डा, माछामासुबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । तर यसले संक्रमण गराउन सक्ने हुनाले विचार पुऱ्याएर खानुपर्छ । खानै परे एकदम मज्जाले पकाएर मात्र खानुपर्दछ । शरीरमा कुनै रोग छ भने चिकित्सक र पोषणविद्को सल्लाहमा मात्रै बढी प्रोटिन भएका खानेकुराहरु खाने गर्नुपर्छ ।

प्रोबायोटिक खानाहरु
प्रोबायोटिक खानाले पाचन शक्तिलाई एकदमै राम्रो गराउँछ तथा पाचनप्रणालीलाई सुुचारु गर्छ । दही, चिज, गुन्द्रक आदिले पाचन शक्तिलाई राम्रो गर्छ ।

प्राकृतिक एन्टिबायोटिक
प्राकृतिक एन्टिबायोटिक खानेकुराले रक्त सञ्चार सन्तुलन गर्ने, धवनीहरु सन्तुलनमा राख्न र दुखाइ कम गरी धमनीहरु स्वस्थ्य राख्ने काम गर्छन् । बाहिरी आउने संक्रमणलाई निस्तेज गर्ने र कोषहरुको क्षयीकरण रोक्ने काम गर्छन् । त्यसैले यी खानेकुरामा विशेष ध्यान दिनुपर्छ । लसुन, अदुवा, बेसार, पानीमा यी तत्व पाइन सक्छन् । गेडागुडी तथा दाल प्राय: सबैको घरमा उपलब्ध हुन्छ । यसलाई अंकुरण गरेर खाएको खण्डमा यसमा फाइबर, प्रोटिन पाइनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता खानेकुरा स्वस्थ्यबर्द्धक पनि हुन्छ ।

दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ । तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन । सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैगरी दैनिक रुपमा व्यायाम, योगाजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । त्यस्तै ताजा खानेकुरा मात्र पकाएर खाने, जंक तथा प्रशोधित खानेकुरा नखाने जस्ता बानीको विकास बालबालिकादेखि नै गराउनुपर्छ ।

बालबालिकालाई टेलिभिजन र मोबाइलमा खेल्न दिनुभन्दा ३० मिनेट हिँड्डुल तथा घरभित्रै व्यायाम गर्न सिकाउनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । बालबच्चा तथा बूढापाकालाई २ देखि ३ घण्टाको फरकमा खुवाइराख्नुहुन्छ । थोरै–थोरै खानेकुरा खुवाउने तर धेरैपटक । बुढाबुढीहरुलाई चिसो छिटो लाग्ने हुनाले तातो खान दिने, एकछिन हिँडाउने, अदुवापानी, बेसारपानी खान दिँदा राम्रो हुन्छ ।

रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन जरुरी छ र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन खासै कठिन पनि छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बढाउने तरिकाहरु निम्न अनुसार छन् ।

  • सक्रिय जीवनशैली यसको पहिलो सर्त हो । तपाईंको दैनिकी जति सक्रिय छ उत्तिनै शरीर निरोगी हुन्छ । विहान उठेदेखि केही न केही यस्तो गतिविधी गरिरहनुहोस्, जसले शरीरलाई चलामान बनाइरहोस् । एकै ठाउँ लामो समय बस्ने वा आरामसाथ जीवन विताउनेहरुको शरीर कमजोर हन्छ ।अझ राम्रो काइदा त के भने विहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी क्रियाले शरीर लचिलो, फुर्तिलो, बलियो हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । श्वासप्रश्वास प्रक्रिया राम्ररी हुन्छ । मांशपेशी लचकदार हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । मन शान्त हुन्छ ।
  • खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । यस्तो खानपान गरौं, जो शरीरका लागि होस् । अर्थात जिब्रोको लागि होइन । शरीरलाई विभिन्न किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ । त्यस्ता पौष्टिक तत्व खानाको माध्यामबाट प्राप्त हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो र सुपाच्य खानेकुरा खानुपर्छ ।
  • दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गरौं । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौ ।
  • तपाईंको मुडले पनि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । तपाईं जति धैरै प्रशन्न, जति धेरै उमंगीत, जति धेरै सकारात्मक हुनुहुन्छ, शरीर उत्ति नै राम्रो हुन्छ । उदास, निरास, गंभीर व्यक्तिहरु रोगको चपेटामा पर्छन् । त्यसैले जति धेरै मिजासिलो, जति धेरै खुसी, उत्तिनै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
  • शरीरलाई तरल पदार्थको आवश्यक हुन्छ । जति ठोस पदार्थ सेवन गर्छौं, त्यो भन्दा तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ । तरल पदार्थमा सादा पानी सही हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक हुन्छ । हाम्रो घर, बगैंचामा, भान्सामा केही तुलसी जस्ता खानेकुराहरु जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन एकदम सहयोग गर्छ । हरेक दिन विहान ३ वा ४ वटा तुलसीको पात सेवन गर्नुपर्छ, फाइदा मिल्छ ।
  • शारीरिक सक्रियता, उपयुक्त खानपानले मात्र पनि पुग्दैन । शारीरिक सफाई पनि उत्तिकै आवश्यक हुन्छ । संभव भएसम्म हरेक विहान उठेर चिसो पानीले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यसका साथसाथै मनलाई शान्त र आनन्दित तुल्याउनुपर्छ । मनको शान्तिका लागि प्राणायाम, ध्यान जस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...