Tuesday, September 29, 2020

खुशिको खबर्: लाइसेन्स लिन यातायात धाइरहनु नपर्ने, तपाईको घरमै डेलिभरी हुने ! सेयर गरेर जानकारी गराउ

Author

Date

Category

खुशिको खबर्: लाइसेन्स लिन यातायात धाइरहनु नपर्ने, तपाईको घरमै डेलिभरी हुने ! सेयर गरेर जानकारी गराउ, सरकारले घरमै चालक अनुमतिपत्र [स्मार्ट लाइसेन्स] उपलब्ध गराउने भएको छ। यातायात व्यवस्था कार्यालय काठमाडौंले अनुमतिपत्र होम डेलिभरी गर्ने सेवा उपलब्ध गराउन लागेको हो। यो व्यवस्थासँगै अनुमतिपत्र प्राप्त गर्न बारम्बार धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।

यातायात व्यवस्था कार्यालयका अनुसार कार्यालयले यो तयारी गरे पनि कार्यान्वयनमा ल्याउन केही समय लाग्नेछ। आवश्यक तयारी गरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव गरिसकेको र स्वीकृत हुने साथ होम डेलिभरी शुरु गर्ने कार्यालयले जनायो। लकडाउन र कोरोना भाइरसको संक्रमणको समयमा होम डेलिभरी सेवा उपयुक्त हुने उनको सुझाव छ। सेवाग्राहीको पनि समयमै लाइसेन्स पाइएन भन्ने व्यापक गुनासो छ। सरकारी कार्यालयले पनि सेवाग्राहीलाई चुस्त र स्तरीय सेवा दिन सक्छन्

यातायात कार्यालयले तोकेको कुरियर सेवा प्रदायकले सेवाग्राहीसँग निश्चित रकम लिएर होम डिलेभरी गर्ने तयारी छ। होम डेलिभरी सेवा लिन चाहने काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र मोसफलमा १०० रुपैयाँसम्म शुल्क व्यर्होनुपर्ने यातायात कार्यालयको तयारी छ। ‘सरकारी कार्यालयमध्ये धेरै भीड हुने ठाँउ हो। अन्य सेवाभन्दा पनि लाइसेन्सको विवरण बुझन आउने सेवाग्राही अत्यधिक छन्’, शाहले भने, ‘होमडेलिभरी सेवा सुरु गर्न सकिए लाइसेन्सका लागि धाउने सेवाग्राही कम हुन्छन्।’

स्रोतका  अनुसार २०७६ पुससम्म छापिएका स्मार्ट लाइसेन्स यातायात कार्यालयमा आइसकेको छ। उक्त कार्यालयमा करिब डेढ लाखको संख्यामा स्मार्ट लाइसेन्स सञ्चय गरी राखिएको छ। यातायात कार्यालयका कर्मचारीले अनुमतिपत्रमा प्रिन्ट भएको मोबाइल नम्बरमा सम्पर्क गरी सेवाग्राहीलाई होम डेलिभरीका लागि प्रस्ताव राख्नेछन्। सेवाग्राहीको स्वीकृतिमा होम डेलिभरी गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...