Tuesday, October 20, 2020

कोरोना भाइरस विरुद्धको लडाईमा डेक्सामेथासोन पहिलो जीवन रक्षक औषधि साबित भएकाे दावि

Author

Date

Category

कोरोना भाइरस विरुद्धको लडाईमा डेक्सामेथासोन पहिलो जीवन रक्षक औषधि साबित भएकाे दावि ,विश्वभरको वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धान गर्न दिन रात लागि परिरहेका छन्  तर अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसैक्रममा जहाँसुकै सस्तो मूल्यमा उपलब्ध हुने औषधि डेक्समेथासोनले कोरोना भाइरस संक्रमित गम्भीर बिरामीहरूको ज्यान बचाउन सहयोग पु(याउन सक्ने निष्कर्ष निकालिएको छ ।

बेलायतका विज्ञहरूका अनुसार औषधिको थोरै मात्रामा प्रयोगले कोरोनाविरुद्धको लडाईमा ठूलो सफलता प्राप्त भएको बताईरहेका छन् । गम्भीर बिरामी परेको कारण भेन्टिलेटरको सहारा लिनु पर्ने बिरामीहरू यस औषधिको कारण तिनीहरूको मृत्युको जोखिम लगभग एक तिहाईले घटेको समेत जनाईएका छन् ।

अक्सिजनको खाँचो परेको विरामीलाई समेत औषधिको कारण कोरोनाबाट मर्ने जोखिम एक तिहाईले कम गरेको बताइएको छ । डेक्सामेथासोन एक औषधि हो जुन सन १९६० को दशकदेखि गठिया र दमको उपचारका लागि प्रयोग गरिदै आइएको थियाे । कोरोना आधा भन्दा बढी बिरामीहरू जसलाई भेन्टिलेटर आवश्यक परेको हुन्छ त्यस्ता विरामी जो बाँच्न असमर्थ हुन्छन् , त्यस्ता अवस्थाका विरामीको जोखिमलाई एक तिहाइले घटाउनु ठूलो सफलता भएको वैज्ञानिकहरुले बताएका छन् ।

अन्वेषकहरूको अनुमान छ कि यदि यो औषधि बेलायतमा संक्रमणको पहिलो चरणबाट प्रयोग गरिएको भए करिब ५००० व्यक्तिको ज्यान बचाउन सकिन्थ्यो। यो औषधि सस्तो पनि भएकोले यसले गरीब देशहरूका लागि लाभदायक हुन तर्क समेत रहेकाे छ । यो औषधि पनि परीक्षणको एक अंश हो जुन हालका औषधिहरूको बारेमा जाँच भइरहेको छ तर प्रभावकारिताको हिसाबमा डेक्सामेथासोन नै अगाडि देखि रहेकाे छ ।

कोरोनका २० बिरामीहरूमध्ये १९ जना अस्पतालमा भर्ना नभई निको भइरहेका छन् भने धेरै बिरामीहरू ठीक पनि भइरहेका छन् । अक्सिजन वा भेंटिलेटरको खाँचोमा भएका बिरामीलाई यो औषधिले मद्दत गर्ने निष्कर्ष निकालिएको छ । यो औषधि पहिले नै सूजन कम गर्न प्रयोग गरिएको छ र अब अहिले आएर यस्तो अवस्था देखिएको छ कि यसले कोरोना भाइरसविरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग र्पुयाउन मद्दत गर्दछ ।

अक्सफोर्ड युनिभर्सिटीको एउटा टोलीले अस्पताल भर्ना भएका २००० बिरामीहरुलाई यो औषधि दिईएको थियो र त्यसपछि ४००० हजार बिरामीमा भने तुलनात्मक परीक्षण गरियो जसलाई भने औषधि दिइएको थिएन जहाँ भेन्टिलेटरबाट बचेका बिरामीहरूले यस औषधिको प्रभावबाट मर्ने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा घटाए, र अक्सिजन चाहिनेहरूले मर्ने सम्भावना २५प्रतिशतबाट २० प्रतिशतमा घटाउन सक्षम रहेँ ।

यद्यपि यस औषधिले कोरोना बिरामीका हल्का लक्षण भएकालाई भने कुनै पनि सहयोग प्रदान गर्दैन त्यसैले प्रोफेसर ल्यान्ड्रे भन्छन, आवश्यक परेको बेला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई मात्र यो औषधि दिनु पर्छ र मानिसहरूले यो औषधि बजारबाट किन्ने र घरमा राखेर प्रयोग गर्ने प्रवृतिलाई भने पूरै निरुत्साहित गर्नु पर्छ , यस्को प्रयोग चिकित्सकीय सुझावमा मात्र प्रयोगमा ल्याउने बारे सबैलाई सचेत गर्न जरुरी छ । ’ साभार बीबीसी

काेराेना भाईरस( काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...