Monday, October 26, 2020

खुसीको खबर ! मलेसियामा रहेका कोरोना सङ्क्रमित नेपालीको संख्या शून्य,सबै संक्रमित निको भएकाे दावी

Author

Date

Category

खुसीको खबर ! मलेसियामा रहेका कोरोना सङ्क्रमित नेपालीको संख्या शून्य,सबै संक्रमित निको भएकाे दावी , मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिक सबैजना निको भएको दावी गरिएको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र उनीहरुमध्ये सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनु भयो ।

उहाँका अनुसार दुई हप्ता अघि नै सङ्क्रमित ८१ मध्ये ४८ जना पूर्ण रुपमा निको भएको र ३३ जना निको हुने चरणमा थिए । पछिल्लो दुई हप्तामा कुनै कोही पनि नयाँ सङ्क्रमित नभएको र निको हुने चरणमा रहेका ३३ जना पनि निको भएको द्वितीय सचिव त्रिपाठीले दावी गर्नुभयो ।

ॅयहाँ अहिले अवस्थामा सुधार आइसकेको छ, दुई हप्ताअघि ३३ जना निको हुने चरणमा हुनुहुन्थ्यो,’ द्वितीय सचिव त्रिपाठीले भन्नुभयो, ॅहामीलाई निको हुनेका तथ्याँक औपचारिक रुपमा प्राप्त हुँदैन, तर पनि उहाँहरु पनि निको भइसक्नु भएको छ ।’ मलेसियामा सुरुवाती चरणमा कोरोना सङ्क्रमण छिटोछिटो बढ्दा नेपाली श्रमिक पनि त्यसबाट प्रभावित भए । तर खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम सङ्ख्यामा नेपाली सङ्क्रमित भए ।

नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण ज्यान पनि गएकाे थियाे तर मलेसियामा सङ्क्रमित सबैले सजिलै कोरोना जितेको र कसैको पनि ज्यान नगएको दूतावासका द्वितीय सचिव त्रिपाठीले बताउनु भएकाे हाे । मलेसियामा अहिलेसम्म ८ हजार ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७ हजार ७३३ जना निको भइसकेका छन् ।

कोरोनाबाट मलेसियामा १२१ जनाको ज्यान गएको छ । ६५१ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकडाउन खुकुलो बनाइएको छ ।

काेराेना भाईरस ( काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...