Wednesday, October 21, 2020

आज असार १ गते ४५१ जना कोरोना संक्रमित थपिए, संक्रमित सङ्ख्या ६ हजार नाघ्याे

Author

Date

Category

आज असार १ गते ४५१ जना कोरोना संक्रमित थपिए, संक्रमित सङ्ख्या ६ हजार नाघ्याे , कोरोना संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ। स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४५१ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा गरिएको ५ हजार ३ सय ६ पिसिआर परीक्षण मध्ये ४५१ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा १ लाख ३८ हजार ६ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको छ ।

यो संगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ११ पुगेको छ । जसमध्ये ५ हजार १ सय ५१ जना आइसोलेसनमा रहेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन्।

असार २१ गते पछिबाट मात्रै हवाई सेवा सञ्चालन गरिने , सरकारले नेपालबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानलाई २१ असार २०७७ सम्म रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णयबाटै हवाई उडानमा रोक लगाउने समय लम्बिएको जानकारी ट्वीटमार्फत सार्वजनिक गरेका हुन्।

सरकारले ११ चैतदेखि जारी बन्दाबन्दीपछि सबै प्रकारको व्यावसायिक हवाई उडानमा रोक लगाएको छ । १६ असारसम्म लगाएको यस अघिको हवाई उडानको समयलाई बढाएर २१ असार पुर्‍याइएको पनि उल्लेख छ। हवाई उडान रोक लगाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेरै सम्बन्धित वायुसेवालाई जानकारी दिने छ।

हाल सरकारले आकस्मिक उडान, उद्धार तथा अनुमति लिएर गरिने चार्टर उडान भने गर्न दिएको छ । यस अघि आधा क्षमतामा यात्रु राखेर आन्तरिक उडान खुला गर्ने प्रस्ताव प्राधिकरणमार्फ सरकारसमक्ष पुगेको थियो । उक्त प्रस्तावलाई सरकारले स्वकृति नदिई हवाई उडानको रोक लागेको समय थप भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...