Sunday, October 25, 2020

बर्षाैंदेखि भारतले कब्जा गरेकाे नेपालि भूमि बल्ल नेपालले कब्जा गर्न सफल , भारतमा हल्लीखल्ली मच्चियाे , देशकाे माया स्वरुप एक सेयर गराैँ

Author

Date

Category

बर्षाैंदेखि भारतले कब्जा गरेकाे नेपालि भूमि बल्ल नेपालले कब्जा गर्न सफल , भारतमा हल्लीखल्ली मच्चियाे , देशकाे माया स्वरुप एक सेयर गराैँ , नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ॅनेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ ।हिजाेको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् ।

हिजाे भएको मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो । यसअघि विसं २०७२ फागुन ११ गते पहिलो पटक संविधान संशोधन भएको थियो । प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २५८ जनाले मतदानमा भाग लिनुभएको थियो । सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम २७५ सदस्यको दुई तिहाइभन्दा बढी हो । विपक्षमा पनि कुनै पनि मत परेन । मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो ।

त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ॅनेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो । आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा आजदेखि लिपुलेकसम्म फैलिएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधनका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई तिहाइभन्दा बढी मतका साथ पारित गरेसँगै नेपालको भूगोल ३३५ वर्ग किलोमिटरले विस्तारमात्र भएको छैन ६० वर्षअघिदेखिको समस्यालाई सरकारले साहसपूर्वक गरेको निर्णयको सबैतिरबाट सराहना भएको छ ।

सुगौली सन्धिअनुसार जारी भएको नयाँ नक्शा पारित भएसँगै नेपाली भूमि फिर्ता लिन र त्यसमा नेपालको निर्वाध हक स्थापित गर्न उच्चस्तरीय कूटनीतिक प्रयास तत्काल थाल्नुपर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा सारा नेपालीसँगै सिङ्गो संसद् एकजुट भएर देखाएको अभूतपूर्व राष्ट्रिय सहमतिले पनि गुमेको भूमि प्राप्तिको अभियानमा ऊर्जा थपेको छ। अनादिकालदेखिको ॅरोटीबेटी’ले जोडिएको नेपाल–भारत सम्बन्ध रगत नाताले बाँधिएको ठान्ने दुवै देशका नागरिक सिमानालागायत दुई देशबीचका सबै समस्याको निकास सघन संवादका माध्यमबाट खोजिनुपर्नेमा एकमत छन् ।

वार्ताका निम्ति मिति प्रस्ताव गर्दै नेपाल सरकारबाट भएको अनुरोधको प्रत्युत्तर प्राप्त नहुँदा सुमधुर आपसी सम्बन्धमा आँच आउने आशङ्कालाई बढावा दिएको छ । शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्न अपरिहार्य भएर नै प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा अघि सारिएको ॅभारतको पहिले छिमेक नीति’लाई व्यवहारमा अनुवाद गर्दै अवलम्ब वार्ता हुन आवश्यक छ ।

भूमण्डलीकरणको वर्तमान युगमा परस्पर अन्तरनिर्भर सम्बन्धलाई सूचना र प्रविधिको विकासले अझ सहज तुल्याएकाले कोरोना महामारीको असामान्य अवस्थामा भौतिकरुपमा भेटघाट गर्ने वातावरण नबनेको वर्तमान परिस्थितिमा प्रविधिको प्रयोग गर्दै तत्काल वार्ता गर्नुपर्नेमा भारत र नेपालका वरिष्ठ राजनीतिक नेतृत्वले जोड दिइरहेका भए पनि नयाँदिल्लीमा सम्बन्धित पक्षको त्यसतर्फ ध्याननपुगेको महशुस गरिएको छ ।

दुई देशबीचका मुद्दा बृहत् वार्ता, सरकारी एवं जनस्तरका साथै विद्वत् वर्गलगायत सरोकारवाला सबैसँगको निरन्तर संवादबाट समाधान हुने यथार्थबाट भारत पछि हट्छ भन्नेमा आशङ्का गरिहाल्न सकिँदैन तथापि नेपालसँगको सम्बन्धलाई नयाँदिल्लीले सकारात्मकरुपमा लिएको र त्यसलाई उन्नत र प्रगतिशील देख्न चाहेको सन्देश प्रवाह गर्न अब गतिरोध र मौनतालाई चिर्दै वार्ताको मिति घोषणा गर्न भारतले विलम्ब गर्नु दुवै देश र जनताका निम्ति श्रेयस्कर हुँदैन ।

लिम्पियाधुराबाट उपत्ति भई बग्ने काली नदी नै महाकाली नदीको वास्तविक उद्गम भएको र त्यसपूर्वका लिपुलेकलगायत कालापानी क्षेत्र नेपालकै हो भन्ने यथार्थ उपलब्ध ऐतिहासिक प्रमाण, नक्सा र अन्य दस्तावेजबाट पुष्टि भएकाले हालै नेपाल सरकारले सार्वजनिक गरेको राजनीतिक–प्रशासनिक नक्शालाई स्वीकार गर्दै आफ्ना विमति बिसाउन पनि भारत वार्तामा बस्न जरुरी भएको छ ।

छिमेक पहिले नीतिअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च प्राथमिकतामा राखेका पाकिस्तानबाहेकका सबै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै त्यसैअनुरुप व्यवहार मात्र गरेको छैन उनीहरूका विकासका आकाङ्क्षा पूरा गर्न हरसम्भव सहयोग पनि गरिआएकै छ ।

चीनसँग केही विषयमा विमति रहे पनि गत वर्ष चीन र भारतमा शीर्ष नेतृत्वबीच भएका औपचारिक एवं अनौपचारिक भेटवार्ताले द्विदेशीय सम्बन्धमा ठूलो सुधार भएको छ भने दशकौँदेखिको बङ्गलादेशसँगको सीमा समस्या पनि उच्च राजनीतिक नेतृत्वको सुझबुझ र इच्छाशक्तिका कारण समाधान भइसकेको छ । कोरोना महामारीका बेलामा पनि भारतले कूटनीतिक संवादलाई निरन्तरता दिँदै चीनसँगका द्विपक्षीय द्वन्द्व व्यवस्थापन गरेकाले नेपाल सरकारको वार्ताको व्यग्र प्रतीक्षालाई अब नयाँदिल्लीले लम्ब्याउन हुदैन ।

काेराेना भाईरस (काेभिड – १९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...