Monday, September 28, 2020

लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलाउने तयारी , यी नियम पालना गर्नुपर्ने यातायात संचालकहरुले

Author

Date

Category

लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलाउने तयारी , यी नियम पालना गर्नुपर्ने यातायात संचालकहरुले

लकडाउनका कारण करिव २ महिना देखि अवरुद्ध लामो दुरी तथा छोटो दुरीका सवारी साधानहरु अब संचालनमा आउने भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात पनि चल्ने बताउनु भएकाे छ ।

सरकारले भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरि रहरकाे छ। सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनुगमन गर्ने छ । त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् ।

यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ । दैनिक रुपमा गाडीमा डिस९इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ ।

एक टेलिभजन अन्तरवार्तामा बोल्दै महासचिव सिटौलाले काठमाडौं बाहिर जाने आउने बसमा सामाजिक दुरी कायम गरेर संचालनमा ल्याइने उल्लेख गरेका छन् । कहिले बाट खुल्छ त सार्वजनिक सवारी ?? हेर्नुहोस् भिडियाेमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...