Tuesday, October 20, 2020

काेराेना जितेर घर फर्कनेकाे सङ्ख्या बढ्दै भने सिमानामा आउने – जानेको चाप झन बढ्दै

Author

Date

Category

काेराेना जितेर घर फर्कनेकाे सङ्ख्या बढ्दै भने सिमानामा आउने – जानेको चाप झन बढ्दै ; नेपाल ( भारतका खुल्ला सिमा ब्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सिमाबाट नेपाल आउने र जानेक्रम बढेको छ।

पछिल्लो पटक लकडाउन ब्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरु आउने र भारतीयहरु जाने क्रम बढेको हो । प्रदेशको कोरोना संकट ब्यबस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सिमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो । चार सयभन्दा धेरै किलोमिटर खुल्ला सिमा रहेको यो प्रदेशमा अबैध किसिमले आउने जाने क्रम तीब्र बनेको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यो प्रदेशका रुपन्देही, बाँके, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा सिमानामा आउने र जाने दुवै बढेका हुन । भैरहवा समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बेलहिया नाकाबाट दैनिक करिव दुई हजारको संख्यामा नेपाली र भारतीय नागरिक स्वदेश फर्किरहेका छन् ।

अहिले सीमामा नेपाली भन्दा भारतीयको चाप बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताएका छन् । भारतले दैनिकजसो आफ्ना नागरिक भित्र्याउन थालेपछि नेपालमा रहेका भारतीय मजदूर सीमामा पुग्दा चाप बढ्ने गरेको छ ।

भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई बेलहिया नाकाबाट स्वदेश फर्किने अनुमति दिएपछि नाकामा भारतीय नागरिकको चाप बढेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताएका छन् । देउखुरी समाचारदाताका अनुसार दाङका थप सात जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । गोरखापत्र दैनिक

बुधबार ९० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र विभिन्न अस्पतालबाट ९० जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको जम्मा संख्या ६ सय ७४ रहेकाा छन् जस मध्ये ५ सय ९५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।

हालसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआर र १ लाख ७२ हजार ८ सय ८० जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...