Sunday, October 25, 2020

हवाइ उडान असार १७ देखि सुरु गर्ने तयारीमा सरकार

Author

Date

Category

हवाइ उडान असार १७ देखि सुरु गर्ने तयारीमा सरकार , सरकारले आन्तरिक हवाइ उडान सुरु गर्ने तयारी गरेको छ । आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्न लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरणमा प्राधिकरणका महानिर्देशकसँग विभिन्न एयरलाइन्सका कार्यकारी प्रमुखहरुको छलफलपछि यस्तो निर्णय गरिएको बताइएको छ । असार १७ गते लकडाउन सुरु भएको सय दिन पूरा हुँदैछ ।

प्राधिकरणमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र यति एयरलायन्सका सीइओ उमेश राई सहभागी भएको स्रोतले जानकारी दियो ।

यद्यपि आन्तरिक हवाइ उडान एकैपटक देशैभरी खुला भने हुने छैन । स्रोतका अनुसार पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोलिनेछ । त्यसको १५ दिनपछि मात्र देशैभरी आन्तरिक उडान खुला गरिनेछ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान समेत खोल्न सकिनेछ । अन्तर्राष्ट्रिय उडान साउनमा खुला गरिने सहमति भए पनि यसको मिति भने तोकिएको छैन ।

उडान खोल्ने सहमति भएसँगै एयरलाइन्सहरुले टिकट बुकिङ खोल्ने तयारी गरिरहेको बताइएको छ । कोरोना बाट बच्नकोलागी साबुन पानीले मिची  मिची हात धुनुहोस, सामाजिक दुरी कायम गर्नुहोस्, स्व्यास्थ्य रहनुहोस्,शुभ समय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...