Friday, October 2, 2020

कोरोनासँग जुधिरहेकाे बेलायतले नेपाललाई कोरोनासँग जुध्नका लागि थप डेढ अर्ब सहयोग गर्ने निर्णय

Author

Date

Category

कोरोनासँग जुधिरहेकाे बेलायतले नेपाललाई कोरोनासँग जुध्नका लागि थप डेढ अर्ब सहयोग गर्ने निर्णय , बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट ९डिफिड० मार्फत उक्त सहयोग गरेको हो ।

डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ । हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ । नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २०५ वर्ष पुगेको छ ।

कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो । अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउनुहुन्छ । अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ ।

डिफिडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ । बेलायतमा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको निधन भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको निधन भएको बेलायतले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा निधन भएका सबै व्यक्तिको रेकर्ड रहेको छ । कोरोना बाट बच्नकोलागी साबुन पानीले मिची र मिची हात धुनुहोस, सामाजिक दुरी कायम गर्नुहोस्, स्व्यास्थ्य रहनुहोस्,शुभ समय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...