Tuesday, September 29, 2020

गाउँ मा खेतिपाली गर्ने को गुनासो सहरमा रोजगारी गुम्यो, गाउँमा खेती गर्न बीउ र मल छैन 

Author

Date

Category

गाउँ मा खेतिपाली गर्ने को गुनासो सहरमा रोजगारी गुम्यो, गाउँमा खेती गर्न बीउ र मल छैन । ज्यालादारी काम गर्न काठमाडौं गएका २१ र २५ वर्षीय २ छोरा गत वैशाख ३ मा तीन दिन लगाएर जेनतेन गाउँ फर्केपछि बुधनी चौधरीले खुबै खुसी मानिन् । १५ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेर दुवै छोरा घर पस्न पाए । तर लकडाउन लम्बिँदै जांँदा अर्को समस्या आइलाग्यो । पैसा अभावमा उनले उन्नत जातको धानको बीउ किन्न पाइनन् ।

स्थानीय जातको बीउ किनेर ब्याड बनाइन् । तर त्यसलाई हुर्काउने मल पाइनन् । बुधनीले ऋण काढेर भए पनि मल किन्ने सुर गरेकी थिइन् । तर जिल्लाभर मलको हाहाकार छ । अब धानको बीउमलबिना कसरी हुर्किएला र कसरी राम्रो उब्जनी देला भन्ने चिन्ताले उनलाई छोप्न थालेको छ ।

बुधनीजस्तै बर्दियाका अधिकांश किसान यतिबेला लकडाउन र बीउमल हाहाकारको दोहोरो चपेटा झेलिरहेका छन् । मल र बीउ नपाएर कैयौं किसानले समयमा बीउ राख्न पाएका छैनन् । बीउ राखेकाहरुले पनि समयमै मल नपाएकाले धान उत्पादनमा असर पर्ने देखिएको छ । रोजगारीमा भारतमा र नेपालकै सहरहरुमा रहेका हजारौं स्थानीय लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका छन् तर ग्रामीण आधार खेती किसानी पनि विस्तारै संकटमा पर्दै जाँदा उनीहरुमा चिन्ता थपिएको छ ।

पोखराको एक फ्रेस हाउसमा काम गर्ने बढैयाताल गाउँपालिका-४ नयाँबस्तीका सोम चौधरी चैत पहिलो साता घरमा पूजा भएका कारण आएका थिए । लकडाउन भएपछि उनी यतै अड्किए । पोखराको जागिरको कुनै भर नभएकाले उनी बन्धकी लिएको डेढ विगाहमा धान लगाउन कस्सिए । तर सुरुमै उनलाई धानको बीउ पाउन गतिलै दौडधुप गर्नुपर्‍यो । उनले सुनाए अर्डर गरेको एक सातापछि बल्ल बीउ पाएँ । त्यो पनि पहिलेभन्दा महँगो मूल्यमा कसरिर के गरि उप्जमी गर्नी हो भन्ने पिर मा छौं । याे खबर कान्तिपुर दैनिकमा चापियको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...