Sunday, October 25, 2020

विदेशमा समस्यामा  परेका नेपालीहरुलाई भोलि शुक्रबार बाट नेपाल ल्याउन सुरु ,कुन देशबाट सुरु गर्दै छ त सरकार !

Author

Date

Category

विदेशमा समस्यामा  परेका नेपालीहरुलाई भोलि शुक्रबार बाट नेपाल ल्याउन सुरु ,कुन देशबाट सुरु गर्दै छ त सरकार ! , सरकारले शुक्रबारबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबालालई जानकारी दिनु भएकाे छ।

युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने जनाइको छ । यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो ।

त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो । त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको हो । पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो ।

युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ र त्यसको सूची युएईले पठाइसकेको छ भने उता कुवेतमा ३ हजार नेपाली श्रमिकले आममाफी पाएका छन् । आममाफी पाएका कामदारलाई कुवेतले हवाई टिकट सहित नै नेपाल फर्काइदिने भएको छ । उनीहरुलाई फर्काउने मिति र विस्तृत तथ्यांक त्यहाँस्थित दूतावासले तयार गरिरहेका छन् ।

नेपाल एयरलाइन्सकाे जहाजले आज र भाेलि दुई – दुई उडान गर्ने  , नेपाल वायुसेवा निगमका न्यारोबडी जहाजले हङकङका लागि बिहीबार र शुक्रबार २र२ उडान गर्ने भएका छन् । हङकङस्थित नेपालको वाणिज्य दूतावाससँग सहकार्य गरी हङकङ सरकारले नेपालमा फसेका हङकङ नागरिक फिर्ता लैजाने भएपछि निगमका जहाजले उडान गर्न लागेका हुन् ।

४ र ५ तारिखमा दुई९दुई न्यारोबडी हङकङ उडान गर्न बुकिङ भएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन र उनका अनुसार जहाजबाट हङकङमा बसोबास गर्ने नेपाली फर्किन लागेका हुन् । एउटा न्यारोबडीमा बच्चाबाहेक १ सय ५८ जना नागरिक यात्रा गर्न सक्छन् ।

चार न्यारोबडीमार्फत ६ सय ३२ जना यो हप्ता नै हङकङ फर्किन सक्नेछन् भने यसअघि सोमबार राति निगमको दुई न्यारोबडी र एक वाइडबडी विमानमा ५ सय ८० बढी नागरिक फर्किसकेका छन्। उनीहरुले न्यारोबडीमा ८५ हजार र वाइडबडीमा १ लाख भाडा तिरी फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...