Friday, October 30, 2020

बुधबारकाे दिन सिद्दि बिनायककाे दर्शन गर्दै एक सेयर गरि हेर्नुहाेस् , वि।सं।२०७७ साल जेठ २१ गतेकाे राशिफल

Author

Date

Category

बुधबारकाे दिन सिद्दि बिनायककाे दर्शन गर्दै एक सेयर गरि हेर्नुहाेस् , वि।सं।२०७७ साल जेठ २१ गतेकाे राशिफल

आजको पञ्चांग

वि।सं। २०७७ जेठ २१, बुधवार, इ।स। २०२० जुन ३, शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने।सं। ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। द्वादशी, ०७:३० उप्रान्त त्रयोदशी। नक्षत्र– स्वाती, १९:५८ बजेउप्रान्त विशाखा। योग– वरियान्, ०५:३८ बजेदेखि परिघ, २६:४१ बजेउप्रान्त शिव। करण– वालव, ०७:३० बजेदेखि कौलव, १८:१९ बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ०५:१० बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३४ घडी २२ पला। प्रदोष व्रत।

आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र फाइदा लिन सकिनेछ । पुराना विवादको टुङ्गो लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अस्थिरताले अनिष्ट निम्त्याउनेछ धैर्यता नगुमाउनु होला । लगनशिल भई गरेका कामबाट मात्र लाभान्वित हुनु हुनेछ । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेमिकाबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोग गर्ने कमै भेटिने छन् । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिका सम्पतिमा क्षति हुनसक्छ सतर्क रहनु होला । समस्याको भुमरीमा परिनेछ । काम गर्दै जादा आफन्त सँगको विश्वास गुम्नेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आफन्त सँगको सम्बन्धमा चिसोपन बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको कुरा सुनेर कुनै काम नगर्नु होला असफलता मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । मिलेर कुनै कुरा नगर्नु होला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय सुधारोन्मुख देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा तल पर्न सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) संवेदनशिल भएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ तर लगानी गर्दा विचार पुर्‍याउनु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख पाईनेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । नगरेका कामको दोष लिनु पर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,युू) साथी भाईलाई दिएको धन फिर्ता हुनसक्छ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उचित उपलब्धि हात पर्ने छैन ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामान्यतया समयले साथ दिनेछ । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने विचार पुर्‍याउनु होला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय सुधारोन्मुख छ । विगतमा रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । बाह्य व्यक्ति सँग मिलेर कुनै काम नगर्नु होला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम गर्ने वातावरण अझै बन्ने छैन । असहज परिस्थितिमा काम गर्दा बढि कष्ट हुनेछ भने उपलब्धि कम हात लाग्नेछ । आफन्त सँगको विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । कारोवारमा ध्यान दिनु होला, दिएको धन डुब्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार घाटा बढ्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दिन अनुकुल नै देखिन्छ समयमा कार्य सम्पादन गर्न तिर जोड दिनु होला नत्र आएको अवसर गुम्नेछ । आर्थिक करोवारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । कामको शिलशिलामा घर छोडेर बाहिर जानुपर्ने अवस्था आउन सक्छ । पारिवारिक सहयोग मिल्नेछ ।

( राशिफल जे – जस्ताे भएपनि हजुरहरुकाे दिन मङ्गलमय रहाेस् । राशिफल सेयर गर्दै दिनकाे शुभ सुरुवात गर्नुहाेस् । ॐ नम ! शिवाय ! ॐ नम शिवाय ! ! ! ) #stay_home #stay_healthy सामाजिक दुरि कायम गरौ, सचेत बनौ, आफू बचौँ र अरुलाई पनी बचाउ । शुभदिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...