Monday, September 28, 2020

नेपालमा काेराेना संक्रमितको संख्या २ हजार कट्याे, आज एकै दिनमा थपिए २ सय ८८ जना

Author

Date

Category

नेपालमा काेराेना संक्रमितको संख्या २ हजार कट्याे, आज एकै दिनमा थपिए २ सय ८८ जना , थप २ सय ८८ जनामा कोरोनाको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेलनमा मन्त्रायका प्रवक्ता डा। विकास देवकोटाले थपिएका २ सय ८८ सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ हजार ९९ पुगेको बताए ।

गत २४ घण्टामा गरिएको परीक्षण अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा। देवकोटाका अनुसार धुलिखेल अस्पतालमा परीक्षण गरीएका मध्ये ३८ जनामा पोजेटिभ, पोखराको प्रयोगशालामा १०, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १, भेरी अस्पताल नेपालगञ्जमा २०, प्रादेशिक अस्पताल सुर्खेतमा ६४, हेटौंडाको प्रयोगशालामा १, दाङको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको छ।

डा। देवकाेटाका अनुसार संक्रमित हुनेमध्ये १ हजार ९ सय ४९ पुरूष, १ सय ५० महिला रहेकाे छन् । अहिलेसम्म निकाे भएर घर फर्कीनेकाे संख्या २ सय ६६ रहेकाे छ भने क्वारेन्टाइनमा बस्नेहरू १ लाख ४५ हजार ३ सय ७५ रहेका छन् ।

विदेशबाट नेपाल फर्कन चाहानेकाे लागि सुचना :- सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ।

मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी सङ्क्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नेरगराउने विषय समेटिएको छ।

कार्ययोजनामा स्वदेश फर्कने नागरिकको व्यवस्थापनका लागि कुन निकायले के काम गर्ने र कसरी सहजीकरण गर्ने भन्ने उल्लेख छ। सरकारले अलपत्र अवस्थामा रहेका भारतबाहेक देशबाट पहिलो चरणमा करिब २५ हजार नागरिक ल्याउने गृहकार्य गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...