Sunday, October 25, 2020

सर्वोच्च अदालतकाे ऐतिहासिक फैसला, लकडाउनको पूरै अवधिलाई शून्य अवधिको मान्यता दिने

Author

Date

Category

सर्वोच्च अदालतकाे ऐतिहासिक फैसला, लकडाउनको पूरै अवधिलाई शून्य अवधिको मान्यता दिने , सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीको अवधिभरलाई शून्य समयको मान्यता दिने भएकाे छ र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने अदालतले फैसला गरेको छ ।

नेपालको न्यायिक इतिहासमै पहिलो पटक प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका सबै १९ न्यायाधीशको उपस्थिति भएर बृहत् पूर्ण इजलासले बन्दाबन्दी अवधिलाई शून्य समयको मान्यता दिने र बन्दाबन्दी खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला सुनाएको हो ।

बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टङ्कबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्मा रहेका थिए ।

“मिति २०७६ चैत ७ गतेदेखि भएको अदालतको निर्णय र चैत ९ गतेदेखि बन्दाबन्दी खुलेको मितिसम्मको अवधिलाई न्यायिक कामकारबाहीको प्रयोजनका लागि शून्य अवधि मान्ने”, आदेशमा भनिएको छ, “यो शून्य अवधिलाई हदम्याद, म्याद, तारिख आदि सबै प्रकारका कानूनी कामकारवाही प्रयोजनका लागि गणना नहुने ।”

आदेशमा बन्दाबन्दी खुलेको मितिले ३० दिनभन्दा पछिसम्म कुनै सेवाग्राहीको हदम्याद, म्याद वा तारिख कायम रहने अवस्था रहने भनिएको छ । सर्वोच्च अदालतको उक्त फैसलासँगै महामारीका बेलामा बन्दाबन्दीका कारण मुद्दा मामिलाका विषयमा न्यायिक प्रक्रियामा म्याद, तारेख नछुट्ने सुविधा भने दिइएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बन्दाबन्दी गरेका बेलामा म्याद, हदम्यादका तारिखका विषयमा कानूनी स्पष्टताका नभएको हुनाले अदालतले उक्त फैसला गरेको जानकारी प्राप्त भएकाे छ ।

काेराेना भाईरसबाट जाेगिने उपायहरु अपनाऊ, आफू पनि सुरक्षित बनाैँ र अरुलाई पनि सुरक्षित बनाउँ । जनहितमा जारि सन्देश ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...