Tuesday, October 20, 2020

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो ५ जनाको मृ*त्यु 

Author

Date

Category

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो ५ जनाको मृ*त्यु

काठमाडौं, १५  । नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बिहीबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ४२ पुगेको छ ।

आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बुधबार एकैपटक १ सय १४ जनामा संक्रमण पाइएको थियो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका १/१ जना रहेका छन् । योसंगै संक्रमित भएका जिल्लाको संख्या ५१ पुगेको छ ।

बुधबार साँझ ललिपुरमा भएको ५६ बर्षीय पुरुषको मृत्यु कोरोना भाइरसको संक्रमण कोभिड १९ को कारण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २२ वुङमतिका ५६ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बुधबार साँझ निधन भएको थियो ।

१ सय ८७ जना निको भए

कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दो रहे पनि निको हुनेको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । बिहीबार दिउँसोसम्ममा १ सय ८७ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...