Thursday, October 29, 2020

श्री दक्षिणकाली मातालाई एक शेयर गर्दै, कमेन्ट्मा ॐ लेखि, आज जेठ १५ को राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ

Author

Date

Category

श्री दक्षिणकाली मातालाई एक शेयर गर्दै, कमेन्ट्मा ॐ लेखि, आज जेठ १५ को राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ

आजको पन्चाङ्ग

वि।सं। २०७७ जेठ १५, बिहीवार, इ।स। २०२० मे २८। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने।सं। ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। षष्ठी, २१:०३ उप्रान्त सप्तमी। नक्षत्र– तिष्य, ०५:४९ बजेदेखि अश्लेषा, २८:४९ बजेउप्रान्त मघा। योग– ध्रुव, २२:५८ बजेउप्रान्त व्याघात। करण– कौलव, ०९:५० बजेदेखि तैतिल, २१:०३ बजेउप्रान्त गर। आनन्दादिमा शुभ योग । चन्द्रराशि– कर्कट, २८:५९ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ०५:११ बजे, सूर्यास्त– १८:५२ बजे र दिनमान ३४ घडी ११ पला। राष्ट्रिय गणतन्त्र दिवस। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा देखिएका समस्या कम भएर जाने छन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयले साथ दिने छैन । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला पछि पश्चताप हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । सामान्य खालको सहयोग मिल्नेछ । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । साझेदारी काममा हात नहाल्नु होला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पूर्ण रुपेण अविश्वासका बादलका घेरा हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय आफ्नो लागि होइन,उपलब्धि आफ्नो लागि होइन तर लगनशिलता आफ्नो हुनेछ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) उपलब्धिको यात्रामा तगारो लाग्ने देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ । अहार विहारमा ध्यान दिनु होला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय परिस्थितिले साथ दिनेछ । काम गर्ने वातावरण बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) असहज परिस्थितिको महशुस हुनेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) एकै चोटी दुईटा काममा हात नहाल्नु होला आफैलाई पछि अप्ठ्यारो पर्नेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । पारिवारिक खर्च समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्ने वातावरण बन्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । वैदेशिक एवं शैक्षिक मार्ग पूर्ण आँशिक सफल देखिन्छन् ।

राशिफलले जे जे भनेपनी तपाईँहरु सबैको दिन शुभ रहोस् । कोरोना बाट बच्नकोलागी साबुन पानीले मिची(मिची हात धुनुहोस, सामाजिक दुरी कायम गर्नुहोस्, स्व्यास्थ्य रहनुहोस्,शुभ समय । मनपरे सेयर गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...