Tuesday, September 29, 2020

नेपालमा आज एकै दिनमा थप ११४ जनामा कोरोना संक्रमणको पुष्टि हुदा संक्रमितको संख्या ह्वात्तै बढेर ८८६ पुग्याे

Author

Date

Category

नेपालमा आज एकै दिनमा थप ११४ जनामा कोरोना संक्रमणको पुष्टि हुदा संक्रमितको संख्या ह्वात्तै बढेर ८८६ पुग्याे , आज कूल ११४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ ।

मन्त्रालयमा भएकाे आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० जना महिला रहेको जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका आठ, बालनविभूल गाउँपालिकाका दुई र सुरुङ्गा नगरपालिकाका एक जना छन् ।

झापाको गौरादह नगरपालिकाका दुई, कचनकवल नगरपालिकाका १५ जना छन् । मकवानपुरको हेटौँडाका एक, रौतहटको गढिमाई नगरपालिकाका सात, बागलुङको तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई, रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका तीन, दाङको घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ, बाँकेको डुडुवा गाउँपालिकाका दुई, राप्ती सोनारी गाउँपालिकाका सात, वैजनाथ गाउँपालिकाका छ र खजुरा गाउँपालिकाका एक जना छन् ।

यस्तै सिरहाको सिद्धिचरण नगरपालिकाका एक, सिरहा स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनी बस्ने एक, बाराको पर्चौदा नगरपालिकाका सात, रौतहट स्थायी ठेगाना भई हाल बारामा रहेका एक, रौतहटको गौर नगरपालिकाका आठ, देवाही भोनाही नगरपालिकाका दुई, कटहरिया नगरपालिकाका दुई र रौतहटकै अन्य स्थानका १६ जना छन् ।

सबै पहिचना भएका सङ्क्रमित क्वारेन्टिमै रहेका प्रवक्ता देवकाटाले जानकारी दिनुभएकाे छ । सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं ५ मा रहेका छन् र सो प्रदेशका नौ जिल्लामा ३६५ जनामा सङ्क्रण पुष्टि भएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ का सात जिल्लामा १०३, प्रदेश नं २ का आठ जिल्लामा ३२४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको चार जिल्लामा १३ र कर्णाली प्रदेशको तीन जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ र यसै सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुग्न गएकाे छ । काेराेना भाईरसबाट जाेगिने उपायहरु अपनाऊ र आफू पनि सुरक्षित रहाैँ अनि अरुलाई पनि सुरक्षित रहन सिकाऊ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...