Tuesday, October 20, 2020

कोरोनाविरुद्धको खोपकाे पहिलो चरणकाे परीक्षण सफल भएकाे चीन र बेलायति वैज्ञानिकाे दाबी

Author

Date

Category

कोरोनाविरुद्धको खोपकाे पहिलो चरणकाे परीक्षण सफल भएकाे चीन र बेलायति वैज्ञानिकाे दाबी , बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षणको पहिलो चरण सफल भएको दाबी गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले कोभि ( १९ विरुद्धको खोप परीक्षणको पहिलो चरण सफल भएको दाबी गरेका हुन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरेको थियो ।

विश्वविद्यालयले पहिलो चरण सफल भएको जनाउदै दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई परीक्षणमा सहभागी हुन् आह्वान समेत गरिसकेकाे जनाएको छ  । यता चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको र उक्त परीक्षण सफल भएको खुलाईएकाे छ ।

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइने छ । अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ ।

परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ । खोप सफल भएको खण्डमा भर्खरै सुरु भएको गर्मीयाम नसकिँदै तयार हुने विस्वास गरिएको छ ।

ब्रिटिस सरकारले खोप विकासका लागि अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको समूहलाई ४० मिलियन पाउन्ड उपलब्ध गराइसकेको र थप ८ करोड ४० लाख पाउन्ड उपलब्ध गराउने घोषणा गरेको छ । औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले बेलायतका लागि सेप्टेम्बरसम्म ३ करोड डोज उपलब्ध गराउने गरी अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता समेत गरेको छ ।

फर्मास्युटिकल फर्मले बेलायतका लागि कुल १० करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ । खोपको पहुँच पाउने बेलायत पहिलो मुलुक हुने भए पनि आफ्नो सरकार विकासोन्मुख देशहरूमा समेत न्यूनतम मूल्यमा खोप उपलब्ध गराउन कटिबद्ध रहेकाे जनाईएकाे छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायती संसदमा आफ्नो कुरा राख्ने क्रममा सफलता मिले ३ करोड डोज पहिला जोखिममा रहेका मानिसलाई प्रदान गरिने बताएका छन् ।
#stayhome #stayhealthy  सामाजिक दुरि कायम गरौ, सचेत बनौ, आफू बचौ अरुलाई पनी बचाउ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...