Monday, September 28, 2020

आज जेठ १२ गते एकै पटकमा ७२ जना कोरोना सङ्क्रमित थपिदा सङ्क्रमितकाे संख्या ६०५ पुग्यो

Author

Date

Category

आज जेठ १२ गते एकै पटकमा ७२ जना कोरोना सङ्क्रमित थपिदा सङ्क्रमितकाे संख्या ६०५ पुग्यो  , आज एकै पटक ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायत जिल्लामा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोभिड ( १९ को सङ्क्रमितको सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशाला, प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा सङ्क्रमण देखिएको जनाउनु भएकाे छ ।

धनुषा नगराइकन नगरपालिका वडा नं ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४, ५ र ६ क १९, २० र २३ वर्षीय पुरुष रहेका छन् । यसैगरी काठमाडौ  टोखा नगरपालिका वडा नं ३ र ६ तथा र बूढानीलकण्ठ नगरपालिका वडा नंं ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी बारा कलैया नगरपालिका वडा नं १ का २५ र ३२ वर्षीय पुरुष तथा बारा गढीमाई गाउँपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् । सङ्क्रमितमा रौतहट राजपुर फरहदवा वडा नं। २, ६ र ८ तथा इशानाथ वडा नं २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५,३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ पुरुष रहेका छन् ।

सप्तरी डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष, बर्दिया बाँसगढी वडा नं ९ का २५ वर्षीय पुरुष, बाँके डुडुवा गाउँपालिका ( २ र राप्तीसोनारी गाउँपालिका ( ७ का १६, २३, २३ र २४ वर्षका पुरुष रहेका छन् । दैलेख नारायण नगरपालिका ढुङ्गेधरका २५ वर्षीया महिला र गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुष रहेका छन् । यसै सँगै नेपालमा जम्मा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६७५ पुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...