Sunday, November 1, 2020

श्री  केदारनथ मन्दिरलाई एक शेयर गर्दै, छिट्टै कोरोना हटोस भन्ने कामनाको साथ, कमेन्टमा ॐ लेखि, आजको राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ

Author

Date

Category

श्री  केदारनथ मन्दिरलाई एक शेयर गर्दै, छिट्टै कोरोना हटोस भन्ने कामनाको साथ, कमेन्टमा ॐ लेखि, आजको राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ। आजको पन्चाङ्ग:

वि.सं.२०७७ साल जेठ ११ गते । आईतबार । ईश्वी सन् २०२० मे २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–द्वितीया,४७ घडी ४६ पला,रातको १२ बजेर १९ मिनेट उप्रान्त तृतीया । नक्षत्र– मृगशिरा,अहोरात्र । योग–सुकर्मा,०३ घडी ४४ पला,बिहान ०६ बजेर ४२ मिनेट उप्रान्त धृति । करण– बालव,दिउसो १२ बजेर ११ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–बृष,बेलुकी ०५ बजेर २३ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३४ घडी ०२ पला ।

तपाईको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। अर्थ अभावले सताए पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ । सामाजिक काम गर्न सकिने हुनाले सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्। आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । परिवारका साथ जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । खर्चिलो काम गर्नुपर्ने समय छ। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवसायमा थोरै फाइदा उठे पनि अर्थअभावले सताउनेछ। टाढाका साथीभाइसँग सम्पर्क स्थापित हुनेछ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुँने योग रहेकोछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। साँझदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पति पत्नी बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। काममा समय लागे पनि दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। साँझदेखि स्थिति अनुकूल रहनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्ला। साँझदेखि स्थिति केही अनुकूल बन्नेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला। माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। तर साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । तरपनि व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । परिस्थितिवश सानोतिनो कमजोरीले अल्झाउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीतर्फ पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
श्रमबाट मनग्गे धनलाभ हुनेछ। साँझतिर आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ। माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। पहिलेको नतिजाले काममा उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।

राशिफलले जे जसो भनेपनी तपाईहरुको दिन शुभ होस। हासिखुशी रहनुहोस, कोरोना भाईरसबाट बच्न साबुन पानीले मिची मिची हात धुनुहोस, धरमै बस्नुहोस। सेयर गरेर अन्य महानुभाबमा जानकारी गरौनुहोला #stayhome #stay_healthy सामाजिक दुरि कायम गरौ, सचेत बनौ, आफू बचौ अरुलाईपनी बचाउ। #शुभदिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...