Monday, October 26, 2020

आज पनि थपिए ३२ जना काेराेना संक्रमित, नेपालमा संक्रमितकाे संख्या दिनहुुँ बड्दै ५४८ पुग्याे

Author

Date

Category

आज पनि थपिए ३२ जना काेराेना संक्रमित, नेपालमा संक्रमितकाे संख्या दिनहुुँ बड्दै ५४८ पुग्याे

काठमाडाैं, १० जेठ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश नै ‘लकडाउन’मा भएतापनि काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्दै गएकाे पाइन्छ ।

आज (शनिबार) पनि नेपालमा थप ३२ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ५४८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेशाला, काठमाडाैंमा गरिएकाे परीक्षणमा कपिलबस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरूषहरू र २७ वर्षीया महिलामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

त्यस्तै काठमाडाैंमा नै गरिएकाे परीक्षण गरिएकाे सर्लाही गाेडैता, काविलासी नगरपालिकाका १८, २०, २०, २०, २१,२२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरूषहरूमा र बरा, करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा काेराेना भेटिएकाे हाे । साथै काठमाडाैंका ३५ वर्षीय पुरूषमा पनि काेराेना पाेजेटिभ पुष्टि भएकाे छ । प्रदेशिक जनस्वास्थ्य प्रयाेशाला , भैरहवमा गरिएकाे परीक्षणमा रूपन्देही गैडहवा र राेहिणी गाउँपालीकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ जना पुरूषहरूमा काेराेना पाेजेटिभ भेटिएकाे हाे ।

त्यस्तै भरतपुर अस्पतालमा गरिएकाे परीक्षणमा चितवन-६ का ५२ वर्षीय पुरूषमा काेराेना संक्रमण भएकाे छ । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने ७० जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।

शुक्रबार ५९ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । देशभरका क्वारेन्टाइनमा २७ हजार आठ सय २९ जना छन् । त्यस्तै हालसम्म ४२ हजार पाँच सय १७ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ भने ८२ हजार एक सय १६ जनाको आरडिटी परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...