Thursday, October 29, 2020

श्री हलेशी माहदेवलाई, एक शेयर गर्दै, कोरोना हट्ने बिस्वासगर्दै, कमेन्टमा ॐ लेखि, आजको राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ।

Author

Date

Category

श्री हलेशी माहदेवलाई, एक शेयर गर्दै, कोरोना हट्ने बिस्वासगर्दै, कमेन्टमा ॐ लेखि, आजको राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ। आजको पन्चाङ्ग:

वि.सं.२०७७ साल जेठ ०८ गते । बिहीबार । ईश्वी सन् २०२० मे २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– चतुर्दशी,४१ घडी ०८ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त औशी । नक्षत्र– भरुणी,५० घडी ३५ पला,रातको ०१ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– सौभाग्य,०३ घडी ५९ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त शोभन । करण–भद्रा,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त शकुनि ,बेलुकी ० ९ बजेर ४१ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५५ पला ।

तपाईको आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। व्यापार व्यावसायमा मन्दि आउँनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा जिउधन जोगाउन सजग रहनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा पनि आँटेको काम नबन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ। परिवारका साथ सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् ।पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ। तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला। लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

राशिफलले जे जसो भनेपनी तपाईहरुको दिन शुभ होस। हासिखुशी रहनुहोस, कोरोना भाईरसबाट बच्न साबुन पानीले मिची मिची हात धुनुहोस, धरमै बस्नुहोस। सेयर गरेर अन्य महानुभाबमा जानकारी गरौनुहोला #stayhome

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...