Sunday, November 1, 2020

कोरोना सङ्क्रमित भेटिएपछि गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन गरी काठमाडौ पठाइयो

Author

Date

Category

कोरोना सङ्क्रमित भेटिएपछि गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन गरी काठमाडौ पठाइयो

सर्लाही । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयाे । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौंमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताउनुभयाे। सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन् ।

“लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन् ।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौँ गएकी बताइएको छ ।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...