Friday, October 30, 2020

गृहमन्त्रालयले भोलिदेखि लागू हुनेगरी सबै सवारीसाधन सञ्चालनका पास रद्ध गर्‍यो

Author

Date

Category

गृहमन्त्रालयले भोलिदेखि लागू हुनेगरी सबै सवारीसाधन सञ्चालनका पास रद्ध गर्‍यो, गृह मन्त्रालयले शनिबार जेठ ३ गतेदेखि लागु हुने गरी जिल्लाभित्रै आवातजावत गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेका सम्पूर्ण पासहरु रद्द गर्ने निर्णय गरेको छ।

यसअघि जल्ला प्रशासन कार्यालयले जारी गरेका जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए। उनले भने, ‘वैशाख ३० गते गरेको निर्णले एक जिल्ला बाट अर्को जिल्लामा आवतजावत गर्ने गरी दिइएका पासहरु आजबाट लागु हुने गरी खारेज गरेका थियौं। आज अर्को निर्णय गर्दै मन्त्रालयले आउदो शनिवारदेखि लागु हुने गरी जिल्ला भित्रै पनि १ ठाउँबाट अर्को ठाँउमा जान दिइएका पास पनि रद्द गरिएको छ।’

यसअघि गरिएको निर्णय अनुसार काठमाडौं उपत्यकालाई एउटै जिल्ला जस्तो हुने गरी निर्णय गरे पनि आजको निर्णयले उपत्यकामा पनि १ ठाउँबाट अर्को ठाउँमा जाने गरी वितरण गरिएका पास रद्द गरिएको हो । सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उनले बताए। कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबारदेखि लकडाउन कडाइ गर्ने गृहले निष्कर्ष निकालेको छ ।

बिहीबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिकाका मेयरहरु र प्रहरी अधिकारीसँग छलफल गर्दै लकडाउनलाई अझै कडाई गर्ने निष्कर्षमा गृहमन्त्रालय पुगेको हो । छलफलमा सहभागि मेयरका अनुसार भोलि (शुक्रबार) देखि काठमाडौंका भित्रीबाटाहरुमा पनि चेकजाँच कडाइ गरिने छ । यस्तै, उपत्यका भित्रिने तथा बाहिरिने नाकामा पनि थप कडाई गरिने छ । कोरोनाबाट जोगिने एक मात्र उपाय सामाजिक दुरी र लकडाउन भएको निष्कर्ष वैठकले निकालेको उनले बताए ।

गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ। जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ।प्रधानमन्त्रीको निर्देशनसँगै बिहीबारदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको थियो । पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहको यो निर्णय आएको हो।  हालसम्म देशभर २४९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...