Monday, October 26, 2020

जापानका चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु

Author

Date

Category

जापानका चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु, जापानमा २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विश्वमा कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो ।

सञ्चारमाध्याहरुका अनुसार रेसलर सुबोसीले एक महिनासम्म कोरोना संक्रमणका विरुद्ध निकै संघर्ष गरे तर अन्तमा बुधबार बिहान उनको निधन भयो । सोबुशी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर हुन् ।जापान सुमो एसोसियसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेसलर सोबुशीलाई अप्रिल ५ देखि ज्वारो आएको थियो ।

उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्यकर्मीहरुसँग उनको सम्पर्क हुन सकेन ।त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । अन्तमा जब उनको खकारमा रगत बग्न थाल्यो, त्यसपछि मात्र उनलाई अप्रिल ८ मा टोकियो अस्पताल भर्ना गरिएको थियो ।’

उनको खकारमा रगत देखिएपछि चिकित्सकहरुलाई कोरोना संक्रमणको विषयमा अध्ययनका लागि नयाँ चीज प्राप्त भएको सञ्चारमाध्यामहरुले दावी गरेका छन् ।सुमो संघका प्रमुख हक्काकुले उनको मृत्युले आफुलाई स्तव्ध पारेको बताए । जापानमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या १६ हजार ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ सय ७८ पुगेको छ ।

एएफपीका अनुसार सोबुशीको प्रारम्भिक परीक्षणमा नतिजा नेगेटिभ आएको थियो तर अप्रिल १० मा अर्को अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको थियो । उक्त अस्पतालमा उनलाई अप्रिल १९ देखि चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो । अन्तत उनको मृत्यु भयो । यद्यपि, जापानमा धेरै कम मात्रामा रेसलर र प्रशिक्षार्थीहरु कोरोनाबाट संक्रमित रहेका छन् । एजेन्सी 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...