Tuesday, October 20, 2020

हिजो एकैदिन थपिय २४ जना कोरोना संक्रमित

Author

Date

Category

काठमाडौं । हिजो एकैदिन थपिय २४ जना कोरोना संक्रमित,  नेपालमा थप हिजो १३ जना र ११ जना गरी कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या २४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कपिलवस्तुमा एकैदिन १६ संक्रमित भेटिए
सोमबार विहान मात्र कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सक्रमितहरु यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् र, उनीहरु लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आएका थिए ।

सोमबार साँझ आएको रिपोर्टमा यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा मात्र संक्रमितको संख्या २१ पुगेको छ । संक्रमितको संख्या बढेसँगै कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

रुपन्देहीमा ६ जना संक्रमित
रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये चार जना सम्मरीमाई र दुई जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् ।

उनीहरू लकडाउनको समयमा लुकिछिपी भारतबाट आएको पाइएको छ । ‘अहिले हामीले भारत र तेस्रो मुलुकबाट आएकाहरुको बढी परिक्षण गरिरहेका छौं’ स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘सोमबार थपिएका संक्रमितहरु केही दिन अगाडि सुरक्षाकर्मीलाई छलेर भारतबाट आएको पाइएको छ ।’सप्तरीका संक्रमित युवकसहित १३ जना चितवनबाट हिँडेर वैशाख ९ गते सप्तरी पुगेका थिए । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको २५ गते स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै आइतबार उनीहरुलाई घर पठाइएको पाइएको छ ।

उनीहरुलाई थप उपचारका लागि बुटवलमा रहेको कोरोना बिशेष अस्पताल ल्याइदै छ । यस्तै सोमबारै नै बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिका र सप्तरीको डाक्नेश्वरी नगरपालिका – ३ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...