Thursday, October 29, 2020

श्री मनकामना मन्दिर्लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर, आज २०७७ वैशाख २८ गते आइतबारको राशिफल पढ्नुहोस । तपाईंको मनोकामना पुरा हुनेछ ।

Author

Date

Category

श्री मनकामना मन्दिर्लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर, आज २०७७ वैशाख २८ गते आइतबारको राशिफल पढ्नुहोस । तपाईंको मनोकामना पुरा हुनेछ । आजको पन्चाङ्ग:
वि.सं.२०७७ साल वैसाख २८ गते । आईतबार । ईश्वी सन् २०२० मे १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– तृतीया,१५ घडी ४७ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– ज्येष्ठा,०८ घडी ०२ पला,बिहान ०८ बजेर ३३ मिनेट उप्रान्त मूल । योग– शिव,१२ घडी १४ पला,बिहान १० बजेर १४ मिनेट उप्रान्त सिद्ध । करण– भद्रा,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त बालव । आनन्दादिमा– काण योग । चन्द्रराशि–वृश्चिक,बिहान ०८ बजेर ३३ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २५ पला ।

हेर्नुहोस तपाईको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुशी र आनन्द मिल्नेछ। पारिवारिकसँग सम्बन्ध र बन्धनको नवीकरणका लागि उचित दिन। आफ्नो प्रियसँग वनभोजमा गएर आफ्नो बहुमूल्य समयलाई पुनर्जीवित गर्नुहोस्। आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्। समाजमा लोकप्रिर्य काम गरि नाम कमाउँन सकिनेछ । राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । तपाईंमा असीम ऊर्जा र उत्साह आउनेछ र तपाईंले आफ्नो फाइदाको लागि कुनै पनि मौका प्रयोग गर्नु हुनेछ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबुलाई विश्वासमा लिनका लागि राम्रो छ। आज, तपाईं र तपाईंको प्रेमी प्रेमको सागरमा तल्लीन हुनुहुनेछ, र प्रेमको उँचो अनुभव गर्नुहुनेछ। तपाईं र तपाईंको जोडी बीच प्रेम कमजोर हुन सक्ने धेरै सम्भावना छ। मतभेदको समाधान गर्नुहोस् अन्यथा कुरा नराम्रो तर्फ जानेछ।पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपान तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको सम्पर्कले दिन रमाइलो रहनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार सामान्य भए पनि आम्दानी बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ। भौतिक सम्पति तथा विलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ । सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। केही फजुल खर्च बढ्न सक्छ। पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाइ लेखाइमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ। अध्ययनतर्फ समयकाे सदुपयोग गर्न नसकिएला। परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आमा तथा आफन्त मनमुटाव हुँदा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ। प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ। कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ ।पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर, केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ र पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । तरपनि समय अनुकुल नहुन सक्छ ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोग जुटे पनि आलस्य गर्ने बानीले पछि परिनेछ। पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको मिहिनेतले पछिलाई फाइदा हुनेछ। श्रम परे पनि कामको जग बसाउने मौका छ।

तपाईको दिन शुभ रहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...