Wednesday, October 28, 2020

लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी, प्रधानमन्त्री भन्छन्- जीवन रहे………….. 

Author

Date

Category

लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी, प्रधानमन्त्री भन्छन्- जीवन रहे……………….

काठमाडाैं- कोरोना भाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेपछि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ। कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी भइराखेको एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउन लम्ब्याउने विषयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। त्यसमा प्रधानमन्त्री केपी ओलीदेखि अधिकांश मन्त्री सहमत देखिएका छन्। बैठकमा प्रधानमन्त्रीले लकडाउन लम्ब्याउनैपर्नेमा जोड दिएका थिए।  खुला सीमा भएको छिमेकी मुलुक भारतमा तीव्र गतिमा संक्रमित भेटिएका कारण नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै लकडाउन थप्नुपर्नेमा स्वास्थ्य विज्ञहरुले सुझाव दिँदै आएका छन्।

लकडाउन खोले कोरोनाले भयावह रुप लिनसक्ने आँकलनसहित सरकार लकडाउन लम्ब्याउने पक्षमा देखिएको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्ब्याउने या खोल्ने निर्णय गर्ने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उनले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने सङ्केत गर्दै त्यसका लागि मुलुकको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

उनले भने, “लकडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठिक ठाउँमा छन् कि छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ,” मन्त्री खतिवडाले भने, “नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ कि छैन, यी यावतु कुरा हेरेर जोखिममुक्त छौं भनेपछि मात्रै खोल्ने हो।”

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मन्त्री खतिवडाले भने, “जीवनरक्षा नै पहिलो कुरा हो, अर्थतन्त्रमा पर्ने क्षति र अन्य क्षति त हामी पछि पनि उकास्न सक्छौं। जीवनरक्षाका लागि लकडाउन अवधि अगाडि बढाउनुपर्ने आवश्यकता रहे बढाउनुपर्छ । उनले लकडाउन लम्बिँदै गर्दा दैनिक अत्यावश्यक उपभाेग्य सामग्री आपूर्तिमा  केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...