Thursday, October 29, 2020

कोरोना संक्रमित थप दुई जना निको भए, एक टेकु र अर्का एक धनगढीबाट डिस्चार्ज  सक्दो सेयर गरौं

Author

Date

Category

कोरोना संक्रमित थप दुई जना निको भए, एक टेकु र अर्का एक धनगढीबाट डिस्चार्ज  सक्दो सेयर गरौं

काठमाडौं, १० बैशाख । कोरोना संक्रमित भई उपचाररत दुई जना आज डिस्चार्ज भएका छन् । एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङका युवा र अर्का सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत पुरुष निको भइ घर फर्किएका हुन् ।

संयुक्त अरब इमिरेट्स युएईबाट फर्केका धादिङका कोरोना भाइरस संक्रमित युवा २८ दिनपछि निको भएका हुन् । उनी तेस्रो संक्रमित व्यक्ति हुन् । उनलाई स्थानीय तहको प्रतिनिधिको रोहवरमा डिस्चार्ज गरिएको हो । यसैगरी कोरोना संक्रमित अर्का एक युवा पनि सेती प्रादेशिक अस्पताल धनगढीबाट डिस्चार्ज भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका १० का इन्द्र सुनार डिस्चार्ज भएर घर फर्केका हुन् ।

उनी भारतको उत्तराखण्डबाट फर्किएको र गत चैत २२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । १८ दिनको आइसोलेशन बसाइपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरेको हो । सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...