Monday, September 28, 2020

भारतमा कोरोनाकाे कारण मृत्यु हुनेको संख्या १० पुग्यो २४ घन्टा मा १०३ संक्रमित, हरेक दिन थपिदै नयाँ बिरामी 

Author

Date

Category

भारतमा कोरोनाकाे कारण मृत्यु हुनेको संख्या १० पुग्यो २४ घन्टा मा १०३ संक्रमित, हरेक दिन थपिदै नयाँ बिरामी 

काठमाडौँ, ११ चैत । भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ। । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका बताईएको छ।

साथै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ ।वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन् ।

पछिल्लो तीन दिनमा मात्रै अढाई सय नयाँ केसहरु सतहमा आएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइरहेका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ ।

सोमबार पहिलोपटक पश्चिम बंगालमा एक जनाको मृत्यु भएको छ भने एक जनाको हिमाचल प्रदेशमा । आइतबार बिहारमा एकको मृत्युृ भएको थियो । नेपालसँग सीमा जोडिएको हुनाले समेत सीमावर्ती राज्यमा संक्रमण बढ्नु भनेको नेपालका लागि समेत खतरा हो ।

भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी गुजरातमा थप १२ केस देखिएको जनाइएको छ । भारतभरि तीव्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिसकेको आजतकले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...