Thursday, October 29, 2020

पशुपतिनाथमा कोरोना बिरुद्ध खासै सजगता नअपनाएको सर्वसाधारणले गुनासो

Author

Date

Category

पशुपतिनाथमा कोरोना बिरुद्ध खासै सजगता नअपनाएको सर्वसाधारणले गुनासो , हिन्दुहरुको आरध्यदेव श्री पशुपतिनाथ क्षेत्रमा भक्तजनहरुको संख्यामा केही कमी आएको छ । भक्तजनको संख्यामा कमी आएपनि पशुपतिमा कोरोना बिरुद्ध खासै सजगता नअपनाएको सर्वसाधारणले गुनासो गरेका छन् ।

बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९०को कारण यतिबेला सबैतिर त्रासको वातावरण सिर्जना भएका बेला पशुपति क्षेत्रमा पनि भक्तजनहरुको उपस्थिती केही मात्रामा कम भएको हो । सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना सम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले कोरोनाप्रति सजगता अपनाउँदै अत्यावस्यक काम बाहेक कसैलाई पनि घर बाहिर नजान अपिल सहितको आदेश जारी गरेको छ ।

सरकारद्वारा जारी १५ बुँदे आदेशमा कोरोनाको संक्रमणबाट जोगिन सकमाजिक, सांकृतिक र यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद, लगायतका धार्मिक तथा सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला नहुन सर्वसाधारणका लागि अपिल सहितको आदेश जारी गरेको छ । आदेश जारी गरेसँगै सर्वसाधारणहरु सचेत भएका छन् ।

पशुपतिक्षेत्रमा भक्तजनहरुको उपस्थिति निकै कम देखिन्थ्यो । हिजोसम्म भक्तजनहरुको निकै भिड हुने पशुपतिक्षेत्रमा सरकारले जारी गरेको १५ बुँदे सुरक्षा सम्बन्धी अपिलसहितको आदेशसँगै भक्तजनमा कमी आएको पशुपति मन्दिर परिसरका सुरक्षाकर्मीले डिसी नेपाललाई बताए । सर्वसाधारणको भिड हुने पशुपतिमा कोरोनासम्बन्धी कुनै सतकर्ता नअपनाएर पशुपति क्षेत्र बिकास कोषले लापरबाही गरेको भक्तजनहरुले गुनासो गरेका छन् ।

यस बिषयमा कुरा गर्न पशुपति क्षेत्र विकाश कोषमा जाँदा कोरोनाको कारणले बिशेष सुरक्षा अपनाएको भन्दै कसैलाई पनि प्रबेश गर्न नदिने माथिको आदेश रहेको गार्डले प्रवेश गर्न दिएनन् । यसैगरी भारतमा कोरोनाको संकमण बढ्दै गएपछि भारतीय भक्तजनहरुमा भने कमी आएको छैन । विशेष गरी भारतबाट आउने भक्तजनहरु बिहानको समयमा बढी देखिएको प्रत्यक्षदर्शीहरु बताउछन् । अध्यागमन बिभागको तथ्याङ्कअनुसार पछिल्लो १७ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै करिब ५ हजार भारतीय पर्यटक भित्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...