Monday, September 21, 2020

खाडी मुलुकमा रहेका नेपालीलाई घर फर्कन समस्या

Author

Date

Category

खाडी मुलुकमा रहेका नेपालीलाई घर फर्कन समस्या , कतारबाट घर फर्कने तयारीमा रहेका काभ्रेका महेश्वर नेपालको टिकट निश्चित भइसकेको छैन । ६ वर्षदेखि कतार एयरवेजमा कार्यरत उनको बिहीबार करार अवधि सकिएको छ । ॅकम्पनीले अझै हिसाबकिताब फाइनल गरिसकेको छैन, मैले लिनुपर्ने हिसाबकिताब भोलि दिउँसोसम्म सकिएन भने स्वदेश फर्किने योजना तत्कालका लागि रोकिने सम्भावना बढ्यो,’ दोहास्थित आफ्नो कोठामा बसिरहेका नेपालले टेलिफोनमा भने ।

सरकारले बिहीबार राति १२ बजेदेखि वैशाख ३ गते ९अप्रिल १५० सम्म कोभिड–१९ को संक्रमण फैलिएका खाडी क्षेत्रका सहित सबै मुलुकबाट हुने आवतजावतमा प्रतिबन्ध लगाएको छ । वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा रहेका नेपाली कामदार शुक्रबार बिहानबाट नेपाल आउन पाउने छैनन् । बिदा वा करार अवधि समाप्त गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली कामदार वैशाख ३ सम्म सम्बन्धित देशमै बस्नुपर्नेछ ।

ॅम बिदामा आउने तयारी गर्दै थिएँ, यो निर्णयले मेरो यात्रा रद्द हुने भयो,’ संयुक्त अरब इमिरेट्स ९यूएई० मा कार्यरत स्याङ्जाका लक्ष्मण खनालले भने । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार सामान्य अवस्थामा दैनिकजसो ८ हजार यात्रु नेपाल आउने गरेका थिए । जसमा झन्डै ३५ सय नेपाली हुन्थे । विभिन्न देशमा कोरोनाको संक्रमण देखिन थालेपछि भने यो संख्या घटेको छ । गत फागुन १८ देखि चैत ४ सम्म ५० हजार ८ सय ७० नेपाली त्रिभुवन विमानस्थलको अध्यागमनबाट भित्रिएका छन् । जसमा ११ हजार ९ जना महिला छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

साउदी अरब, कुवेत, ओमानले उडान बन्द गरेपछि ती मुलुकबाट आउने नेपाली कामदार रोकिएका छन् । कतार एयरवेजको उडान नियमित छ । बुधबार बेलुका ६ बजेसम्म १५ सय ४५ जना नेपाली स्वदेश फर्केका छन् । जसमा ४ सय ९२ जना महिला छन् । कतार, कुवेत, साउदी अरब, यूएई, ओमान, बहराइन र मलेसियाले भीडभाड रोक्न कडा कदम चालेका छन् । यी देशमा कोरोना संक्रमण हुनेको संख्या हरेक दिनजसो बढिरहेको छ । कतारमा झन्डै ३ लाख ५१ हजार कार्यरत छन् ।

कुवेतमा ७० हजार, साउदी अरबमा तीन लाख ५० हजार, यूएईमा दुई लाख ५० हजार, ओमानमा १५ हजार, बहराइनमा ३० हजार र मलेसियामा दुई लाख २५ हजार नेपाली रहेका छन् । मलेसियाले बुधबारदेखि लागू हुने गरी लकडाउन गरेको छ । अत्यावश्यक क्षेत्रबाहेकका ठाउँमा काम गर्नसमेत रोकिएको छ । ॅमलेसियाका सहरहरू सुनसान छन् । कर्फ्यु नै लागेको जस्तो छ । भेला हुन दिइएको छैन,’ क्वालालम्पुरमा कार्यरत वेदकुमार खतिवडाले भने, ॅठूला कम्पनी बन्द छन् । केही साना तथा मझौला कम्पनीमा भने बिदा दिइएको छैन । जसको कम्पनी र क्याम्प एकै ठाउँमा छन् । उनीहरू भित्रै काम गरिरहेका छन् ।’

याे पनि हेर्नुहाेस् :- के तपाईहरु अनुमान लगाउन सक्नुहुन्छ ? तपाईहरुले चिन्दै र हेर्दै आउनुभएकाे हाम्रा नेपाली कलाकारहरुकाे उमेर कति भयाे हाेला । अनुमान लगाउनुस् त , अनि मिल्याे कि मिलेन थाहा पाउनका लागि यहाँ क्लिक गरेर हेर्नसक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...