Wednesday, October 28, 2020

विश्वभर रहेका कोरोना भाइरस सङ्क्रमितमध्ये ८० हजार निको भएर घर फिर्ता भने अझै करिब एक लाख उपचाररत रहेका छन् ।

Author

Date

Category

विश्वभर रहेका कोरोना भाइरस सङ्क्रमितमध्ये ८० हजार निको भएर घर फिर्ता भने अझै करिब एक लाख उपचाररत रहेका छन् । , मङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । उपचाररतमध्ये ९२ हजार ५५९ जना अर्थात् ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको सङ्क्रमण देखिएको छ भने छ हजार ४९१ अर्थात् सात प्रतिशत व्यक्तिमा जटिल खालको सङ्क्रमण रहेको छ ।

चीनमा मङ्गलबारसम्म ८० हजार ८८१ व्यक्तिमा सङ्क्रमण भएकोमा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै नयाँ सङ्क्रमितको सङ्ख्या २१ र विगत २४ घण्टामा १३ जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतहरूबाट लिएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा सङ्क्रमण भएको र दुई हजार १५८ व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएको छ । त्यस्तै इरानमा १६ हजार १६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको, मङ्गलबार थप एक हजार १७८ जनामा सङ्क्रमण भेटिएको र सङ्क्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या ९८८ पुगेको छ । स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि, ४९१ को मृत्यु भएकाे छ । स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९० को पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी पुगेको छ ।

कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र यूरोपमा दोस्रो मुलुक बनेको छ । भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भएपनि पछिल्ला केही दिनमा चीनमा नयाँ सङ्क्रमण दर सरदर एक अङ्कमा झरेको बताइएको छ ।

चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ । सङ्क्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा सङ्क्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा सङ्क्रमण भेटिसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...