Sunday, October 25, 2020

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीकाे कस्ताे रहला त दिनचर्या

Author

Date

Category

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीकाे कस्ताे रहला त दिनचर्या , त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा प्रधानमन्त्री केपी ओलीले हरियो ज्याकेट पहिरेर कटराइजको पाइन्ट लगाउनुभयाे । कालो टोपी मिलाउनुभयाे अज डिस्चार्ज भई निस्कँदा उज्यालो मुहारमा शुभेच्छुकप्रति हात उठाउनुभयाे र भन्नुभयाे, ॅधन्यवाद ’

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किनुभएकाे छ । उहाँ फागुन १९ गते अस्पताल भर्ना हुनु भएकाे थियाे । उहाँको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो र पूर्ण स्वास्थ्य लाभपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला बुधबार नै डिस्चार्ज भएकी छन् । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनप्रसादले स्वागत गर्नुभएकाे थियाे । बालुवाटारमा दैनिक काम गर्न सकिने र संक्रमणबाट जोगिन सक्ने गरी कक्ष निर्माण गरिएको छ खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेकाे छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भएपछि बिहीबार हिँडडुल र नियमित व्यायाम गर्नुभएकाे थियाे । ॅदाह्री आफैंले काट्नुभएको थियो’, थापाले भन्नुभयाे ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा।डा। दिव्या सिंह शाहका अनुसार डिस्चार्जपछि पनि समयसमयमा फलोअपमा रहनुपर्ने हुनेछ र बालुवाटारमा चिकित्सकको नियमित निगरानी पनि रहनेछ । ॅउहाँले सतर्कतासाथ नियमित काम गर्न सक्नुहुनेछ’, डा। शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...