Monday, September 21, 2020

डेढ लाख घु*सकाेआरोपमा पत्नि विन्दा मुछिएपछि पहिलो पटक बोले पर्यटनमन्त्री योगेश भट्टराई

Author

Date

Category

डेढ लाख घु*सकाेआरोपमा पत्नि विन्दा मुछिएपछि पहिलो पटक बोले पर्यटनमन्त्री योगेश भट्टराई , पूर्व संचारमन्त्री गोकुल बास्कोटाको ७० करोड बार्गेनिगंको अडियो भाइरल बनिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकी पत्नि विन्दा घिमिरेलाई ढेढ लाख घुुस दिनुपर्ने म्यासेन्जरमा गरिएको च्याट बाहिरिएको छ । भट्टराई पत्नी विन्दा घिमिरे नर्सिङ काउन्सिलकी रजिस्ट्रार हुन् ।

काउन्सिलकी सदस्य जिता बरालको नामबाट गरिएको कुराकानीमा एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको च्याट सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । काउन्सिलकी सदस्य जिता बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै ३ लाख घु’स बार्गेनिगं गरेको र ३ लाख मध्येको आधा अर्र्थात १ लाख पचास हजार रुपैयाँ भट्टराई पत्नी विन्दा घिमिरेलाई नै दिनुपर्ने उक्त च्याटमा काउन्सिलकी सदस्य जिता बरालले बार्गेनिगं गरेको देखिन्छ ।

पत्निको विषयमा एकपछि अर्को समाचार बनिरहेका बेला मन्त्री भट्टराईले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ॅकुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’

यो घुस प्रकरण गत भदौमा भएको देखिन्छ । घुस दिने ती विद्यार्थीले दुई पटकमा २ लाख ५० हजार रुपैयाँ दिएको देखिन्छ भने ५० हजार पछि दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । ७१३४६७८९९७ डि र ७१२३८७६७५६ डि आइएमइ कोड समेत सार्वजनिक च्याटमा देख्न सकिन्छ । पैसा दिने नर्सले फोनमा कुरा गरौँ भने आग्रह गर्दा काउन्सिलकी सदस्य जिता बरालले फोनमा रेकर्ड हुन्छ च्याटमा नै कुरा गरौँ भनेकी छिन् । काउन्सिलकी सदस्य जिता बरालले लेखेको एउटा बाक्य निकै हाँस्यास्पद छ ।

उनले भनेकी छिन् बाहिर म भ्रष्टाचार बिरोधी भनेर आँफुलाई चिनाउँछु तर तिम्रो काम गरिदिन्छु । पास गराइदिन आग्रह गर्ने नर्स र काउन्सिलकी सदस्य जिता बरालबिच भएको च्याट संवाद

च्याटमा जिताले नै विन्दा घिमिरेसँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। च्याटमा जिताले कुरा गरेकी विद्यार्थी काउन्सिलको २४ औँ परिक्षाबाट उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने उल्लेख गर्दै तीन लाखमध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।

बरालले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकैपटक २ लख ५० हजार रुपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन् । जिता बराल भ्रष्टाचार विरोधी हाम्रो नेपाल हामी नेपालीकी सदस्य हुन् ।

उनलाई कारबाही गर्ने अभियान्ता ज्ञानेन्द्र शाहीले बताइसकेका छन् । काउन्सिलकी रजिष्ट्रार घिमिरेले घुस मागेको बारे आफूलाई केही थाहा नभएको बताएकी छिन् । काउन्सिलकी सदस्य जिताले कसैले आफ्नो नाममा फेक आइडी बनाएर दुरुपयोग गरेको बताइन् । हालसम्म सार्वजनिक भएको म्यासेन्जर च्याटमा जितासँग कुरा गर्ने अर्को व्यक्तिको नाम र फोटो भने देखाइएको छैन । साभार OSNEPAL

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...