Thursday, October 29, 2020

नागरिकता विहीन आमाछोरा बाख्राको खोरमा ! ओछ्याउने केही नभएपछि खाली भूइँमा सुतेर जीवन बिताउदैं

Author

Date

Category

नागरिकता विहीन आमाछोरा बाख्राको खोरमा ! ओछ्याउने केही नभएपछि खाली भूइँमा सुतेर जीवन बिताउदैं , यासोक ( बस्तीको बीचमा एउटासानो घर छ । घर छेउछाउ दुर्गन्ध फैलिएको छ । साँघुरो घरको सिकुवामा खाल्डाखुल्डी र फोहोर छ । घरभित्र साँघुरो कोठा छ । एकापट्टि बाख्रा बाँधिएको छ भने अर्कोपट्टि खाना पकाउने चुलो छ । बाख्राको पिसाबले कोठा नै दुर्गन्धित छ ।

तर त्यही दुर्गन्धित कोठामा ८० वर्षीया वृद्धा देवीमाया बुढाथोकी र उनका ५१ वर्षीय छोरा शेरबहादुर बुढाथोकी बस्दै आएका छन् । फोहोर र दुर्गन्धले देवीमाया लामो समयदेखि बिरामी भएकी छन् । यो कहालीलाग्दो अवस्था पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित बुढाथोकी बस्तीको हो ।

जमिनको नाममा खुट्टा टेक्ने ठाउँ नहुँदा पीडितलाई स्थानीयले आश्रय दिएका छन् । थोत्रा र मैला लुगा लगाएर वर्षौंदेखि त्यही कोठामा जीवन काट्दै आएको परिवार मागेर छाक टार्ने गर्छ । सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर देवीमायाले नागरिकता पाएकी छैनन् । एकातिर नागरिकता नहुँदा राज्यको सुविधाबाट बञ्चित हुनुपरेको पीडा छ भने अर्कोतर्फ पीडित परिवारले सुकुम्बासी जीवन बिताउँदै छ ।

खाली जमिनमा थोत्रा कपडा ओढेर रात कटाउने गरेको पीडित देवीमायाले सुनाइन् । उनी भन्छिन्, ॅखानेकुरा खोज्न छोरो जान्छ । कहिले लिएर आउँछ, कहिले खाली हात फर्किन्छ ।’ खानेकुरा नभएपछि धेरै रात भोकै काटेको दुःखेसो बुढाथोकीको छ । ओछ्याउने केही नभएपछि खाली भूइँमा सुत्नुपरेको छोरा शेरबहादुरले बताए ।

ॅआमा बिरामी हुनुहुन्छ । उपचार गर्ने पैसा छैन । राति जाडो हुन्छ’ –भूइँमा छरपस्ट च्यातिएका लुगाहरू भेला पार्दै उनले भने । वृद्धा आमालाई चिसोबाट जोगाउन नसकेको उनको गुनासो छ । याे खबर आजको ब्लाष्ट दैनिकमा रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...