Sunday, October 25, 2020

कसले मार्ला त कमेडी च्याम्पियनमा बाजि ? सबैकाे उत्सुकता को बन्ला त प्रथम कमेडी च्याम्पियन !

Author

Date

Category

कसले मार्ला त कमेडी च्याम्पियनमा बाजि ? सबैकाे उत्सुकता को बन्ला त प्रथम कमेडी च्याम्पियन ! , रियालिटी सो ॅकमेडी च्याम्पियन’को ग्रान्ड फिनाले १ चैतमा हुँदै छ । यसपटक सुमन कोइराला, खड्कबहादुर पुन र हिमेश पन्त अन्तिम दौडमा सामेल छन् । उनीहरू दर्शकसँग भोट माग्न व्यस्त छन् । अडिसनमा सामेल ८४ जनामध्येबाट उनीहरू टप थ्रीमा परेका हुन् । तीनैजना कमेडी च्याम्पियन बन्ने लक्ष्यका साथ आफ्नो परफर्मेन्स निखार्ने मिहिनेतमा जुटेका छन् ।

उनीहरूमध्ये जो कमेडी च्याम्पियन बन्नेछ, २२ लाख नगद र कार जित्नेछ । कोइराला र पुन ॅवाइल्ड कार्ड इन्ट्री’बाट सोमा पुनः प्रवेश पाएका प्रतिस्पर्धी हुन् । यस ॅरियालिटी सोमा ॅदले दाइ’को प्रस्तुतिबाट दर्शकको मन जितेका छन्, कोइरालाले । व्यक्तिगत परफर्मेन्समा उनी बलिया देखिँदै आएका छन् । ॅकमेडी च्याम्पियनले आफूभित्रको प्रतिभा चिन्ने अवसर दिलायो,’ उनी भन्छन्, ॅजिताउने कुरा त दर्शकको हातमा छ ।’

ऐतिहासिक विषयवस्तु उठाएर परफर्मेन्स गर्नमा पुन अगाडि देखिँदै आएका छन् । उनले आफ्नै समुदायको भाषा, संस्कृति र मौलिकताका कन्टेन्टमा प्रस्तुति दिन्छन् । घाइते माओवादी कार्यकर्ता होस् या आफ्नै प्रेमकथा, निकै सरल र सहज परफर्मेन्स दिँदै आएका छन्, पुनले । भन्छन्, ॅआफ्नै कथा पनि कमेडी बन्न सक्छन् भन्ने कमेडी च्याम्पियनले सिकाएको छ ।’

उनलाई दर्शकले छोटकरीमा ॅखबपु’का रूपमा पनि चिन्छन् । ॅम खबपु दाइ हुँ र गोंगबु मेरो भाइ हो,’ उनले मञ्चमा दिएको यो अभिव्यक्तिले राम्रो चर्चा बटुलेको थियो । मौलिक मगर पोसाकमा मञ्चमा पुग्छन्, उनी । ॅतीनैजना दर्शकको मायाकै कारण यहाँ आइपुगेका हौँ, जसले जिते पनि बराबरीजस्तै हो,’ पुन भन्छन्, ॅदर्शकको मायाले जसलाई जिताउँछ, त्यही स्वीकार्य हुनेछ ।’

उनी खासमा विदेश जान काठमाडौं भित्रिएका थिए । रियालिटी सो उनका लागि स्वदेशमै प्रतिभा निखार्ने मञ्च बनिदियो । ॅअब नेपालमै बसेर केही गर्न सक्छु भन्ने आँट पलाएको छ,’ उनी भन्छन् । यस्तै, ॅवान लाइनर’ कमेडीमा प्रस्तुति दिन माहिर मानिन्छन्, पन्त । हरेक लाइनमा उनको कमेडी पन्च हुन्छ । २२ लाख रुपैयाँको पुरस्कार आफ्ना लागि ठूलो मानेका छन्, उनले ।

र, कमेडी च्याम्पियनले आफ्नो कलालाई निखार्न पाएकामा उनी दंग छन् । भन्छन्, ॅविजेता बन्नु एउटा पाटो हो । तर, टप थ्रीसम्म दर्शकले ल्याइदिनुभएको छ, त्यो पनि कम ठूलो उपलब्धि होइन ।’ कोइराला र पुनको जितलाई पनि आफ्नै जित ठान्ने पन्त बताउँछन् । भन्छन्, ॅभोटिङले जसलाई जिताए पनि हामी तीनैजनाको जित हुनेछ ।’, यो समाचार आजकाे नयाँ पत्रिका दैनिकमा प्रकाशित गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...