Friday, October 23, 2020

विश्व स्वास्थ्य संगठनदले गर्याे छाेटाैं पटक विश्वव्यापी महामारी घोषणा, काेराेनाले विश्व नै त्रसित

Author

Date

Category

विश्व स्वास्थ्य संगठनदले गर्याे छाेटाैं पटक विश्वव्यापी महामारी घोषणा, काेराेनाले विश्व नै त्रसित

विश्व स्वास्थ्य संगठन {डव्लुएचओ} ले कोरोना भाइरसको प्रकोपलाई महामारी {पेन्डामिक} को अवस्था भएको घोषणा गरेको छ । संक्रमितको संख्या १ लाख १२ हजार र मृत्यु हुनेको संख्या ४ हजार नाघे पछि डव्लुएचओले यसलाई महामारीको अवस्था भएको घोषणा गरेको हो ।

एउटै रोग एकै समयमा विश्वका धेरै देशहरुमा फैलिएको अवस्थालाई पेन्डामिक अर्थात महामारीको अवस्था भन्ने गरिन्छ । पछिल्लो पटक डिसेम्बर ३०, २०१९ मा चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिलेसम्म ११७ वटा देशमा फैलिसकेको छ । डव्लुएचओले सोही तथ्यलाई टेकेर महामारी भएको घोषणा गरेको हो ।

बुधबार जेनेभास्थित डव्लुएचओको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा डव्लुएचओका प्रमुख डा टेड्रोस अदानोम घेब्रियसस्ले भने, `चीन बाहिर पछिल्लो दुई हप्तामा कोरोना भाइरसको संक्रमण हुनेको दर १३ गुणाले बढेको छ ।´

इरान र इटालीको नाम उल्लेख गर्दै उनले यो भाइरसको खतरानाक फैलावटप्रति आफू गम्भीर र चिन्तित भएको समेत बताए । सो अवसरमा उनले सबै राष्ट्रहरुलाई तत्काल र प्रभावकारी ढंगले नियन्त्रणमा लाग्नुको विकल्प नभएको दोहोरयाए । उनले सरकारलाई तत्काल र आक्रामक कदम चालेर प्रकोपको मोड बदल्न जोड दिए ।

डा टेडरोसले चीनको उदाहरण दिदैँ उनले भने धेरै देशहरुले यो भाइरस दवाउन र नियन्त्रण गर्न सकिन्छ भनेर देखाई सकेका छन् भन्दै बाँकी विश्वले यो चुनौतीलाई डटेर सामना गर्न आग्रह गरे । उनले अगाडी थपेका छन् कतिपय देशहरु ठूलो समूह वा समुदायमा एकैपटक संक्रमण फैलियो भने जुधन सक्छ कि सक्दैनन् भन्ने चुनौती थपिएको छ तर परि आएको खण्डमा चुनौती सामना गर्नै पर्छ ।

अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही `कोभिड(१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...