Friday, October 23, 2020

कोरोना संक्रमितकाे संख्या १ लाख नाघ्याे : ३४ सय बढीको मृत्यु, ५७ हजार बढी निको भए यस्बाट कसरी बच्ने

Author

Date

Category

कोरोना संक्रमितकाे संख्या १ लाख नाघ्याे : ३४ सय बढीको मृत्यु, ५७ हजार बढी निको भए यस्बाट कसरी बच्नें

काठमाडाैं, फागुन  २४। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)का अनुसार शनिबारसम्म १ लाख २ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।

सबैभन्दा बढी चीनमा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म चीनमा ८० हजार ६ सयभन्दा बढी संक्रमित देखिएका छन् । चीनबाहिर २१ हजार ३०० भन्दा बढीमा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।चीनपछि दक्षिण कोरियामा सबैभन्दा बढी कोरोनाको संक्रमण देखा परेको छ । अहिलेसम्म दक्षिण कोरियामा ६ हजार ५९३ जनामा देखिएको छ । त्यस्तै इरानमा ४ हजार ४४७ र इटालीमा ६ हजार ६३६ जनामा कोरोनाको संक्रमण भएको छ ।

डाइमोन प्रिन्सेस’मा ६९६, जापानमा ४२०, जर्मनीमा ६७०, स्पेनमा ४०१, अमेरिकामा ३१९, स्वीजरल्याण्डमा २१४, बेलायतमा १६४, स्वेडेनमा १३४, सिंगापुरमा १३०, नेदरल्याण्डमा १२८, नर्वेमा १२७, बेल्जियममा १०९ र हङकङमा १०८ जनाको देखिएको छ । अरु मुलुकमा भने १०० भन्दा कममा संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभर अहिलेसम्म काेराेनाका कारण ३ हजार ४०० भन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म ३ हजार ४९४ जनाको मृत्यु भइसकेको छ ।सबैभन्दा बढी चीनमा मृत्यु भएको छ भने दोस्रोमा इटाली र तेस्रोमा इरान रहेको छ । अहिलेसम्म चीनमा ३ हजार ७० जनाको मृत्यु भएको छ भने इटालीमा १ सय ९७ र इरानमा १ सय ९४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसका कारण बिरामी परेका ५७ हजार ६०० भन्दा बढी पूर्णरूपमा निको भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म ५७ हजार ६ सय ९ जना पूर्ण रुपमा निको भएका छन् ।चीनामा ५५ हजार ४ सय २, दक्षिण कोरियामा १ सय ३५, सिंगापुरमा ८२, ‘डाइमोन प्रिन्सेस’मा २ सय १२, इटालीमा ५ सय २३, इरानमा ९ सय १३, जापानमा ४९, हङकङमा ५१, थाइल्याण्मा ३१, मलेसियामा २३ र अस्ट्रेलियामा २२ जना पूर्ण रुपमा निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।News24nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...