Tuesday, October 20, 2020

आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो कीर्तिमानी जित

Author

Date

Category

आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो कीर्तिमानी जित

नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटमा पहिलो कीर्तिमानी जित निकालेको छ । आज भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । नेपालको लागी ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए । यस्तै पवन सर्राफले अविजित २७ रन जोडे । ओपनर पारस खड्का भने ९ रनमा आउट भए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १ र १  विकेट लिए । यस लक्ष्य टीट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो । जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...