Friday, October 2, 2020

भ्रमण बर्ष २०२० सफल हुन्छ भनेर अझै विश्वस्त भएर बस्ने कि देशकाे सुरक्षा गर्ने त ?

Author

Date

Category

भ्रमण बर्ष २०२० सफल हुन्छ भनेर अझै विश्वस्त भएर बस्ने कि देशकाे सुरक्षा गर्ने त ?

यदि दुरदर्शिता छ भने भ्रमण बर्ष २०२० लाई स्थगित गरिनु पर्ने छ । अस्ट्रेलिया को भीषण आगो लागि का बिच पनि मन्त्री स्वयम सहभागी भई दुःखद् घडी बिच नुन छरेर विश्व माझ गलत तथा स्वार्थी सन्देश दिई सुरु भएको भ्रमण बर्ष आजका मिति सम्म आईपुग्दा असफल भैसक्यो । हुन त बर्षको दोश्रो महिना पनि सकिएको छैन अहिले नै असफल भन्दा पटमुर्ख भन्लान तर केही तथ्य हरु लाई आधार मान्ने हो भने यो अन्त्य सम्म सत्य साबित हुने छ ।

असफल हुने प्रमुख कारण कोरोना भाईरस नै हो । पर्यटन क्षेत्र को बेमौसम बाट मौसम सुरु हुनै लाग्दा यो भाईरस देखा परेको हो । यो सिजन मा नेपाल को पर्यटन क्षेत्र लगभग पुर्णत चिनी पर्यटक मा नै निर्भर रहने गर्छ । चिन बाट त पर्यटक आउने सवाल नै भएन,अरु देश बाट पनि आईरहेका छैनन । कारण यो अबस्थामा कोहि पनि आफ्नो देश छाड्न चाहदैन । त्यसमाथी त्यस्तो देश मा त बिलकुल आउने छैन जहाँ आपत बिपत को बेला उद्दार हुदैन । हिमाल मा आपत मा परेका पर्यटक लाई उद्दार नगर्दा ज्यान सम्म गएको रेकर्ड छ हामी सगँ । त्यस माथी हामी चीन सँग जोडिएका छौ।अरु देश का पर्यटक लाई यस्ले सिधै प्रभाव पार्ने छ ।

एउटा चान्स के छ भने कोरोना भाईरस को पुर्ण निधान भयो भने पर्यटक आउन सक्छन् तर यति छिटै यो निर्मुल नहुने प्रस्ट भैसक्यो।निको भई गैसकेका बिरामी पनि दुई साता पछि फेरि कोरोना संक्रमित भई हस्पिटल भर्ना भएको समाचार आईरहेका छन।असी हजार भन्दा धेरै संक्रमित छन् । अझ घट्दो हैन यो संख्या उलेख्य बढ्दो छ । चालीस भन्दा बढी देश मा यो भाईरस पुगिसक्यो।बिकशित देश लाई यति कठीन परेको यो भाईरस सँग यदि नेपाल लड्नु पर्यो भने के हालत होला ? यो काहाली लाग्दो प्रश्न हो।विभिन्न प्रमाण लाई केलाउने हो भने अझ कम्तिमा ४-५ महिना कोरोनाले छाड्ने छैन ।

पर्यटनको केन्द्र ठमेल का ७५% बुकिङ क्यान्सिल भैसकेको विभिन्न पत्रपत्रिका मा छापिएको समाचार नै हो । दोश्रो मा पर्ने पोखरा शन्यू झै भएको समाचार पनि पटक पटक आईरहेको छ ।सामान्य ब्याकग्राउण्ड बाट आएका धेरै होटल रेस्टुरेन्ट हरु बन्द हुने अबश्था आईसकेको छ ।

कोरोना बाट ४-५ महिना मा मुक्ती मिल्यो भने पनि त्यसपछी फेरि अफसिजन हो । वर्षा को बेला बिदेशी तथा स्वदेशी दुबै थरि पर्यटक को लागि अनुकुल बेला होईन घुम्ने । त्यो हिसाब ले नेपाल मा पर्यटक घुम्ने सिजन २०२० मा लगभग ३-४ महिना को मात्र हुने छ । यति थोरै समय मा अत्याधिक पर्यटक ल्याई भ्रमण बर्ष सफल बनाउने आधार के ? बिशेष के छ यो बर्षको लागि जस्का लागि पर्यटक आउन बाध्य हुने छन् ? छन केहि ? एउटा सगरमाथा र एउटा बुद्द को भरमा त्यति धेरै पर्यटक आउछन जस्तो लाग्दैन मलाई ।

३-४ महिना भित्र मा आएका सामान्य पर्यटक ले के हाम्रो भ्रमण बर्ष सफल होला?के हाम्रो टार्गेट पुग्ला ? चमत्कारी अबश्थामा बाहेक यो पुर्णत असफल हुने लगभग पक्का झै छ । यस्लाई तत्काल रोकेर अर्को केही वर्ष मा गरियो भने असरदार हुन सक्ला ।

तर भ्रमण बर्ष स्थगित गर्न नि गारो छ । कुरा पैसा र कमिसन कै आउला।अर्को भ्रमण बर्ष आयोजना गर्न का लागि आफ्नो सरकार नरहला।यस्पाली को बजेट पनि फुरमासी गर्न पाईदैन।कठिन छ निर्णय गर्न चाहिँ । तर ब्यक्ति र पार्टी  बाट माथी उठेर राष्ट्र हेरियो भने राम्रो हुने थियो । Artical by – Raaj Aaryan

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...