Tuesday, October 20, 2020

बच्चा बोकेकी महिलामाथी डन्डा बर्साउने प्रहरीको चौतर्फी आलोचना हेर्नुहोस् भिडियो (सहित)

Author

Date

Category

बच्चा बोकेकी महिलामाथी डन्डा बर्साउने प्रहरीको चौतर्फी आलोचना हेर्नुहोस् भिडियो (सहित) काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई प क्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा मात्र पक्राउ गर्नुपर्ने भनिएको छ । तर ललितपुरको भैंसेपाटीस्थित केही महिलाहरुलाई प्रहरीका इन्सपेक्टरले नै कुटीरहेको भिडियो भाईर भएको छ ।

त्यो पनि सानो नानी काखमा समातिरहेकी महिलालाई । तस्विरमा देखिएको र माथि उल्लेख गरिएको दृश्य हो ललितपुरको भैंसेपाटीको । जहाँ एक महिला चार महिनादेखि पूर्वजर्नेल हेम खत्रीको घरअगाडि धनर्मामा बसिरहेकी थइन् ।मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा महिला प्रहरी नभएको अवस्थामा महिलाको संवेदनशिलतामा कुनै आँच नआउनेगरी मात्र उनीहरुलाई पक्राउ गर्न सक्ने उल्लेख भएपनि प्रहरीले नानी समातेकी महिलालाई कुट्नु ज्यादती हो भन्दै चौतर्फी आलोचना भैइ रहेको छ ।

बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै हुँदा हुँदै प्रहरीले किन दुब्र्यबहार गर्यो भन्ने प्रश्नमा ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको जनाए पनि भिडियो र घटनास्थलमा खिचिएका तस्विरले भने फरक कुरा बताइरहेका छन् ।
अघिल्ला दिनहरु जसरी नै ति महिलाले अन्य केही महिलाहरु भेला पारेर हेम खत्रीको घर अगाडी जम्मा भएपछि उनले प्रहरीलाई खबर गरे ।

दलबल सहित हेम खत्रीको घर पुगेको प्रहरीको टोलीले त्यहाँ भएका महिलाहरुलाई बल प्रयोग गरेर धपाउन खोज्यो । महिलाहरुले टेरेनन् । नटेरेपछि पुरुष प्रहरीले नै त्यहाँका महिलाहरुमाथी बल प्रयोग गरिरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । इन्स्पेक्टर देवीप्रसाद पौडेलले महिला प्रहरीहरु हुँदा हुँदै आँफैले लाठी चार्ज गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ । जुन कानुनन बर्जित हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...